जनकपुरका महतो पनि 'सिडिओ' बनेपछि बधाईको ओईरो
लोकसेवा आयोग मार्फत पियनबाट राष्ट्र सेवा सुरु गरेका रामकुमार महतो सहसचिव बन्न सफल भएका हुन् ।

२०७७ भदौ २१ आइतबार, बिहान १०:४५ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नं. २ अस्थायी राजधानी जनकपुर क्षेत्रका एक अधिकारी सिडिओ बन्न सफल भएका छन् ।
गृहमन्त्रालयले धनुषा जिल्लाका रामकुमार महतोलाई कञ्चनपुरको प्रमुख जिल्ला अधिकारी (सिडिओ) को जिम्मेवारी दिएर पठाएको छ ।
सीमाको उचित व्यवस्थापन गर्न नसकेको, क्षेत्राधिकार भन्दा बाहिर गएको अभिव्यक्ति दिएकोमा प्रजिअ नुरही खतिवडा प्रति असन्तुष्ट गृह मन्त्रालयले खतिवडाको ठाउँमा महतोलाई गृहमन्त्रालयले प्रजिअको जिम्मेवारी दिएर पठाएको हो ।
लोकसेवा आयोग मार्फत पियनबाट राष्ट्र सेवा सुरु गरेका रामकुमार महतो सहसचिव बन्न सफल भएका हुन् ।
धनुषा जिल्ला स्थायी घर भएका ४१ वर्षीय महतोले चार वटा विषयमा मास्टर्स गरेका छन् । उनी पियनबाट निजामती सेवा प्रवेश गरी सहसचिव हुन सफल अपवाद व्यक्ति हुन् ।
४ ओटा विषयमा मास्टर्स गरेका महतो पियनदेखिको यात्रालाई सिडिओ, सहसचिवसम्मको यात्रालाई निरन्तरता दिएका छन् । सह सचिवमा नियुक्ती भएपछि उनले समाजिक सँजाल फेसबुकमा लेखेका छन् – राष्ट्रसेवाको लागि पद मात्र ठूलो कुरा होईन । निष्ठापूर्वक सेवा र परिश्रम गर्दै गयो भने पद, प्रतिष्ठा र अवसर खोजी रहनु पर्दैन, आफैं आउँदो रहेछ , प्रजिअ महतोले सामाजिक सञ्जालमा लेखेका छन्, त्यति बेला मसँग एसएलसीको सर्टिफिकेट मात्र थियो, अहिले ४ वटा बिषयमा मास्टर्स (अर्थशास्त्र, समाजशास्त्र राजनीतिशास्त्र र जनप्रशासन र एलएलबी ) गरी सहसचिव पदमा नियुक्त भएको छु ।”
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…