एसिड अटैकको घटनामा आधारित लघु फिल्म 'अस्मिता' आउँदै
समाजमा यसको विरुद्ध जनचेतनात्क ढँगले प्रस्तुतिकरण गरिने

२०७७ भदौ २१ आइतबार, बिहान ७:५८ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । पछिल्लो समय एसिड एट्याकको घटना बढीरहेका कारण नव ज्योति युवा क्लब ले हास्य टेलि शृङ्खला गामवाली टिम संग समन्वय गरि जनचेतनाका लागि अस्मिता नामक लघु चलचित्र निर्माण गरेको छ ।
किशोर–किशोरीको उमेर प्रभावले एसिड एट्याक जस्ता जघन्य अपराध समाजमा घटिरहेको अवस्थामा समाजिक र समसमायिक विषयवस्तु तथा तथ्यपरकमा आधारित भएर लघु फिल्म निर्माण गरिएको हो ।
गत बिहिवार फिल्मको छयाङ्कन सम्पन्न भएको छ भने भाद्र महिना भित्रै फिल्म रिलिज गर्ने तयारी रहेको फिल्मका निर्देशक राजेश सक्सेनाले बताए ।
वर्तमान समाजमा विभिन्न समयमा भएको एसिड अटैकका घटनाहरुलाई समाजिक अपराधको रुपमा फिल्ममा दर्साइएको जनाइएको छ । एसिड अटैक जधन्य अपराध रहेको र समाजमा यसको विरुद्ध जनचेतनात्क ढँगले प्रस्तुतिकरण गरिने जनाइएको छ ।
फिल्मको लेखन , निर्देशन राजेश सक्सेना ले गरेको छ भने फिल्ममा बरिस्ठ कलाकार रामनारायण ठाकुर , राजेश सक्सेना , सपना साह 'गामवाली' र सुनिल पाल लगायतका कलाकारहरुले अभिनय गरेको छ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…