'जनताको पैसामा जनप्रतिनिधिको रजाई, रोक्ने-ठोक्ने कोहि भएनन्'
जनताको जिवनस्तरमा कुनै उन्नति देखिएन। यो क्षेत्रबाट चुनाव जितेका जनप्रतिनिधिहरु जनता र क्षेत्रको अवस्थासंग कसैले पनि कुनै सरोकार राखेन।

२०७७ भदौ २१ आइतबार, बिहान ७:२१ बजे६ मिनेट पढाइ
प्रत्येक गाउँ, टोल र बस्तीलाई सम्पुर्ण बिकास तथा उत्थानका उदेश्यले महोत्तरीको विभिन्न ७ वटा गाविसहरु; मनरा, सिसवाकटैया, सांढा, सरपल्लो, बथनाहा, इटहर्वाकट्टी र सोनौललाइ मिलाइ बनेका मनरासिसवा नगरपालिको कार्यक्षेत्र धेरै भएपनी काम थोरै पनि गर्न सकेको छैन ।
नगरवासिको भावना, चाहना, इच्छा र आकंक्षा अनुसारको योजना नै नरहेको नगरपालिले यस नगरमा उपलब्ध प्राकृतिक साधनस्रोत, भौतिक साधनस्रोत र मानवीय साधनस्रोतलाई सदुपयोग गर्न सकेको छैन । शिक्षा, स्वास्थय, कृषि, खेलकुद, यातायात, उद्योग, ब्यापार र रोजगार जस्ता मामिलामा पछाडि रहेको महोत्तरीको यो अविकसित क्षेत्रको अवस्थामा आजपनी कुनै प्रगती वा सुधार भएको पटकै देखिदैन । लगभग ४० हजार जनसंख्या भएको यो क्षेत्र आज पनि बिकासको नजरले धेरै नै पछाडि छ ।
नगरभित्र यातायातको असुबिधा र नगरको मुख्य सडकहरुको दुर्दशाले गर्दा वर्षा याममा यो नगरमा प्रवेश, नगर भित्रको आवतजावत तथा नगरबाट निकास नै वर्जित हुन्छ । सुन्दा र भन्दा नै आश्चर्य लाग्छ तर यथार्थमा यो नै सत्य हो । महोत्तरीको क्षेत्र नं. ४ मा पर्ने यस क्षेत्रबाट नेता त धेरै भए तर कहिले पनि राम्रो बाटोघाटो भएन । जनताको जिवनस्तरमा कुनै उन्नति देखिएन। यो क्षेत्रबाट चुनाव जितेका जनप्रतिनिधिहरु जनता र क्षेत्रको अवस्थासंग कसैले पनि कुनै सरोकार राखेन। अवस्था जसको तस छ ।
आजपनी यो नगरपालिकामा खानेपानीको अभाव छ। दलित, डोम, चमारहरुको वस्तिमा त खानेपानीको सुबिधा नै छैन । एक बाल्टी पानी भर्न पनि विभिन्न समस्या, र समाजको उच्चवर्गको मानिसको तानाबाना सहनु पर्छ ।
खानेपानीको सुबिधा समेत दिन नसकेको जनप्रतिनिधिहरुको के काम ? नगरको सरकारी बिद्यालयहरुको अवस्था एकदम दैनिय नै बनेको छ । स्थानीय राजनीतिक प्रभाव, नगर प्रमुख तथा वार्ड अध्यक्षहरुको अज्ञानता, लापरबाही र ब्यबस्थापनको गल्तिको कारण यस नगरका सरकारी बिद्यालयको विद्यार्थीको भविस्य नै संकटमा परेको छ ।
राजनीतिक लगाव र पहुँचको कारण बिद्यालयमा शिक्षक समयमा आएपनि आपसी तथा परिवारिक गफमा समय बिताउने, समयमा कक्षाकोठामा नपुग्ने तथा कदाचित पुगे पनि पढाउनेको सट्टामा निदाउने, पाठ्यपुस्तक पठनपाठनको लागि तोकिएको पिरिएडमा मनोरञ्जनात्मक क्रियाकलाप गरि रमाउने, बिद्यालय जस्तो पवित्र स्थललाइ नै पिकनिक स्थल बनाउने, अर्धवार्षिक परिक्षाको नतिजा प्रकाशित नगर्ने जस्ता उदन्ड र घृणित क्रियाकलापहरुले गर्दा शिक्षाको स्तर दिनप्रतिदिन खस्कदै गएको देखिन्छ । तर नगरप्रमुख बालकक्षाको पठन पाठन अंग्रेजी हुने गरेको भासण ठोकी सस्तो वाहवाही लुटनमा ब्यस्त छन ।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…