यसपालि बृजकुमार यादवको फरक 'अस्त्र'
राष्ट्रपति रामवरण यादवको बारेमा अर्थहीन, होच्याउने र अपमान गर्नकै लागि समाचार छापिदा त्यतिबेला अहिलेको समीकरण ख्याल गरेनन् ।
२०७७ भदौ १९ शुक्रबार, बेलुकी ७:५६ बजे६ मिनेट पढाइ

धार्मिक र सांस्कृतिक रुपले सम्पन्न जनकपुरको विभिन्न मठ मन्दिर सभ्यताको धरोहर रहेको र यसको जग्गा कसैले कुनै प्रकारले कसैले हनन गर्न नपाउने तथा मन्दिरको सम्पत्ति संरक्षणको उद्देश्यले सरकारले विभिन्न निकाय गठन गरेपनि भुमाफियाहरुले संबंधित निकायकै मिलोमतोमा गुठीको जग्गा व्यक्तिको नाम लालपुर्जा बनाइएको कुरा बेलाबेलामा सुनिन्छ ।
जनकपुर यस्ता थुप्रै भुमाफियाहरु छन् जसले गुठीको जग्गामा घर बनाउने देखि लिएर होटल,रेस्टुरेन्ट र अस्पताल संचालन गर्दै आएका छन् । सम्बन्धि निकाय खोजबिन गरेर कारबाही गर्नको सट्टा भुमाफियासँग मिलेर कुरो टुङ्याउने गरेका छन् ।
त्यस्तै रसिक विहारी भगवान तेली कुट्टी (ट्रष्ट) को जग्गा अतिक्रमण बीबीसी नेपालीका संवाददाता एवं जनकपुर टुडेका सम्पादक बृजकुमार यादवले अतिक्रम गरेको आरोप कुट्टीका अगुवाहरुले लगाएका छन् ।
जग्गाको झुठो कागजात तयार गरी गत आइतबार मध्य रातमा युवाहरूको एक समुह लिएर कुट्टीको पर्खाल भत्किएपछि विवाद चुलिएको हो जब जग्गा उनको आफ्नै थियो उहाँ सँग जग्गाको सक्कली लालपुर्जानै थियो भने रातिमा किन भत्काउन गयो ? नम्बरी जग्गानै हो भने दिउँसै पर्खाल भत्काउन सकिन्थ्यो रातीमै किन गए ? जसले गर्दा सर्वसाधारणले पनि शंका गर्ने थप ठाउँ पाएको छ ।
रातीमा पर्खाल भत्काएर गइसकेपछि कुट्टीका अगुवाहरूको एक समुह भोलिपल्ट पत्रकार यादवको घरमै गएर घरमा ढुङ्गामुङ्गा गर्दै गालीगलोज गरीरहदाँ केही व्यक्तिलाई प्रहरीले पक्राउ पनि गरेका थिए ।
पत्रकार यादव पत्रिकाको आडमा विभिन्न संघसंस्था र व्यक्तिहरुलाई पहिले आफू अनुकूल काम गर्न दबाब दिने र आफू अनुकुल काम नभएपछि पत्रिकामार्फत व्यक्तिगत रिसबी साध्ने चरीत्र हत्या गर्ने गरेको आरोप बेलाबखतमा लाग्दै आएको छ ।
तर, यसपालि पत्रकार यादवले पत्रीका मात्रै होइन त्यो अलि फरक अस्त्रको प्रयोग गरेको पनि देखिन्छ | रातीमा कुट्टीको पर्खाल भत्किएपछि भोलिपल्ट कुट्टीका अगुवाहरु उनको घरमै गएर आक्रमण गर्न खोज्दा त्यसपछि आफ्नै जातका केही युवाहरूलाई कन्भिन्स गरेर क्लब गठन गर्न लगाए । त्यो गोपाल सेवा समिति नामक समितिको उदेश्य के हो ? त्यसका सदस्यहरु पनि यसमा प्रष्ट छैन यादवको घरमा गएर गालीग्लोज गरेकै भोलिपल्ट किन गठन भयो ? कुनै एक व्यक्तिको लागि जातीय द्वन्द्व त हुने होइन ?
हुन त मलाई लाग्दैन बृजकुमार यादव कहिले जातीय कुरामा लागेको छ उहाँले जहिलेपनि व्यक्ति स्वार्थ पूरा गर्नमा लागिरहेको हुन्छ | आज उनले जुन समुदायको समिति गठन गराएर आफू सल्लाहकार बन्नुभएको छ त्यही समुदायका मान्छेलाई अनाहकमा मानमर्दन र चरीत्र हत्या गर्ने प्रयास विगतमा कयौंसँग गरेको छ ।
यादवको घरमा आएर एक समुहले गालीबेजत गर्दा त्यसको भोलिपल्टै उहाँले एउटा क्लबनै गठन गर्न लगाइयो । तर त्यो क्लब किन र कसरी बनाइयो कुन इन्टेन्सनका साथ बनाइयो त्यो सबैलाई थाहा भएकै कुरा हो यसलाई जति ढाकछोप गरेपनि ढाकिदैन ।
नव निर्मित क्लबका सदस्यहरुले सोचेको होला यत्रो ठुलो पत्रकार भनिरहेको छ, उसको कुरा कसरी अस्विकार गर्ने ? भोलिका यिनै पत्रकार महोदयले हामीलाई नेता बनाइए देला की ? त्यस्तै महत्त्वाकांक्षा बाडेर क्लब गठन गर्न लगाएको होला ।
उहाँले पत्रीकाको माध्यमबाट अनाहकमा मनगढ्न्ते समाचारले जुन एक समुदायलाई आज एकताको सुत्रमा बाध्न खोज्नु भएको छ त्यही समुदायको मान्छेलाई कति पिडा पुर्याउनु भएको छ त्यसको बारेमा कहिले न सोचेको पनि होला मलाई लाग्दैन ।
जुन इन्टेन्सनका साथ अरुलाई भावनामा बगाएर क्लब गठन गर्न लगाउनु भयो, त्यसकै आधारमा उहाले विगतमा यिनै समुदायका मान्छेलाई राजनीतिक पुर्वाग्रहका कारण चरीत्र हत्या गर्ने प्रयास गरेको हो त्यसको केहि उदाहरण पनि दिन्छु :
१. ) २०७६ कार्तिक २३ गते जनकपुर टुडेको फ्रन्ट पेजमा मदिरा प्रचारमा पुर्व राष्ट्रपति शिर्षक दिएर पुर्व राष्ट्रपति रामवरण यादवको बारेमा अथ्यहीन,अर्थहीन,होच्याउने र अपमान गर्नकै लागि समाचार छापिदा त्यतिबेला अहिलेको समीकरण ख्याल गरेनन् ।
सामान्य मान्छेलाई थाहा हुन्छ कुनै पनि कार्यक्रमको आयोजना गर्दा मंच व्यवस्थापन लगायतको लागि पैसाको आवश्यकता पर्छ त्यसको लागि आयोजक टिमले विभिन्न व्यक्ति र ब्यापारीहरुसँग आर्थिक सहयोग माग्ने गर्छन् व्यापारीले आर्थिक सहयोग गरेबापत आफ्नो प्रचारप्रसार गराउने गर्छन् के त्यो कुरा उहाँ जस्तो जस्तो बरिस्ठ पत्रकारले बुझेको थिएन ? जनकपुर टुडेमा कसैले मदिराको प्रचार गराउन चाहे गरदिने नदिने ?
त्यस्तै, गरेहोला रुसलान भोड्का बिक्रेताले एउटा बाइनर झुन्डिएको थियो त्यसलाई समाचार बनाएर प्रमुख अतिथिलाई जसलाई मंच व्यवस्थापनको बारेमा थाहै थिएन उसलाई मदिराको प्रचारमा पुर्व रास्ट्रपति भनेर चरीत्र हत्या गर्न खोजेको थिएन ? जो व्यक्ति मदिरा कहिले सेवन गरेको छैन त्यस्ता व्यक्तिलाई मदिराको प्रचारक बनाउनु भयो उहाँ रास्ट्रपति हुँदा आफ्नो कार्यकालमा कहिले कुनै विवादमा फसेन सफलतापुर्वक निर्वाह गरेका थिए त्यस्ता व्यक्तिलाई बदनाम गर्न खोज्दा कमसेकम पुर्व रास्ट्रपतिको मर्यादाको ख्याल गर्नुपर्ने थियो ।
त्यही दिनको पत्रीको लास्ट पेजमा उहाँकै जेष्ठ पुत्र डाक्टर चन्द्रमोहन यादवको बारेमा त्यस्तै समाचार छापियो - "सिटी स्क्यानको मुल्य वृद्धि" शिर्षक दिएर त्यसमा लेखिएको थिए प्रादेशिक अस्पतालको सिटी स्क्यान मेसिन बिग्रेको मौका छोपेर डाक्टर चन्द्रमोहन यादवले संचालन गर्दै सिटी स्क्यान सेन्टरमा तोकेको रेट भन्दा बढी रकम असुलेको आरोप लगाउनु भएको थियो | त्यो कुरा बिल्कुल गलत छ, त्यो सिटी स्क्यान सेन्टर चन्द्रमोहन यादवको छदैछैन, त्यसमा डाक्टर यादव मानसिक परिश्रम लिएर एउटा चिकित्सकको रूपमा मात्रै काम गर्छ , त्यसमा उहाँको लगानी छैन तैपनि पत्रकार यादवको पुर्वाग्रही सोच बदनाम गर्ने मात्रा रहेको देखियो , तर अहिले आफूमाथि समस्या पर्दा अनेकौं रंग दिएर भावनामा बगाएर संगठन खडा गर्न लगाइयो ।
त्यस्तै पुर्वाग्रहले भरिएको थियो २०७७ असार २९ गतेको समाचारमा "असइ थमन विकको हत्या अभियुक्त खुल्लेआम घुम्दै" शीर्षक दिएर कौशल यादवको बारेमा छापिएको समाचारमा थियो त्यो घटना एउटा राजनीतिक घटना थियो आन्दोलनको क्रममा पुलिसबाट आन्दोलनकारी पनि मारिए र आन्दोलनकारीबाट पुलिस पनि तर त्यसलाई व्यक्तिसँग जोडिएर यसरी प्रस्तुत गरियो की मानौ कौशल यादवको त्यो घटनामा प्रत्यक्ष संलग्न थिए ।
प्रेस राज्यबाट होईन जनताबाट घोषित राज्यको चौथो अंग हो जब नागरिक राज्यको तिनै अंगबाट प्रताडित हुन्छ तब चौथो अंगको शरणमा आउछ र त्यो अंग पनि पुर्वाग्रही भएदियो भने अन्यायमा परेको सर्वसाधारण कसलाई गुहार्ने ?
जनकपुर टुडे कहिले अन्याय,अत्याचार र समाजमा भैरहेको विकृति र विसंगतिको विरुद्धमा लडेको देखिएको छैन पीडितलाई न्याय दिलाएको छैन भ्रष्टाचारीलाई जेल पठाइएको छैन जनकपुर टुडे कसैको लागि लडिएको छ भने त्यो हो विज्ञापन र व्यक्ति रिसीबी जसले विज्ञापन दिन्छ उसको गुणगान गर्ने, नदिनेको विरुद्ध समाचार गर्ने , मलाई लाग्छ जनकपुर टुडेले एउटा त्यस्तो नियति नै बनाएको छ ।
विज्ञापन नदिने नगरपालिका र गाउँपालिकामा भएको भ्रष्टाचारको विरुद्धमा समाचार त छापिएको हुन्छ तर प्रदेश २ को सरकारले गरेको कयौं भ्रष्टाचार र गर्नुपर्ने काम नगर्दा पनि त्यसको विरुद्धमा जनकपुर टुडेमा समाचार छापिदैन, त्यसको एउटै कारण हो 'विज्ञापन' | तर, के टुडे विज्ञापनकै निस्किन्छ ? सिधै भन्ने हो भन्ने जकपुर टुडे प्रदेश सरकारलाई रफू गर्ने काम गर्छ ।
ब्यापारीले पनि उपभोक्ताको ख्याल गरी सामाग्री किनबेच गर्छन्, पत्रकारले झन पाठकको भावनाको बढी ख्याल गर्नुपर्छ के यो वास्तवमै पाठको लागि समाचार छापिएको हो की ? केही व्यक्तिको लागि प्रचार त्यसको हेक्का पत्रकारले राख्नुपर्छ ।
सुरेन्द्र कुमार यादव
| समाग्री, लेखकको व्यक्तिगत धारणा हो । |

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…