धनुषामा कोरोनाबाट भारतीय नागरिकको मृत्यू
भारतको आन्ध्र प्रदेशको बिसाखापटनम बस्ने उक्त पुरुष गत बुधबार कम्पनीको आवासमा मृत फेला परेका थिए ।

२०७७ भदौ १९ शुक्रबार, बिहान ८:२५ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । विगत ४ वर्षदेखि धनुषाको एक कम्पनीमा कार्यरत भारतीय नागरिकको कोरोनाबाट मृत्यू भएको पुष्टि भएको छ ।
धनुषाको क्षीरेश्वरनाथ नगरपालिका वडा नं. ३ रमदैया स्थित रहेको लोमस प्यारेन्टल एण्ड फोर्मुलेशन प्रा.लि. मा कार्यरत ६५ बर्षिय भारतीय नागरिकमा मृत्यू पश्चात कोरोना पुष्टि भएको जिल्ला प्रशासन कार्यालय धनुषाका प्रशासकीय अधिकृत गणेश मिश्रले जानकारी दिएका छन् ।
मृत्यूको २–४ दिन अघि ज्वरो र रुघाखोकीको लक्ष्ण देखिएको उनी आफ्नै कम्पनीको आवासमा मृत फेला परेपछि नेपाली सेनाको कोविड डेथ बडी मेनेजमेन्ट टीमलाई जानकारी गराइएको थियो ।
भारतको आन्ध्र प्रदेशको बिसाखापटनम बस्ने उक्त पुरुष गत बुधबार कम्पनीको आवासमा मृत फेला परेका थिए । मृत्यूपछि उनको स्वाब सँकलन गरिएको र भदौ १७ गते रिपोर्ट पोजिटिभ आएपछि कोभिड व्यवस्थापन नियम बमोजिम आज (शुक्रबार) शव व्यवस्थापन गरिएको हो ।
धनुषाको महेन्द्रनगरको श्रीनाथ गणबाट खटिएको कोभिड डेथ बडी मेनेजमेन्ट टीमले उनको शवलाई महेन्द्रनगर र ईच्छापुरको बीचमा रहेको जलाद नदीमा व्यवस्थापन गरिदिएको हो । नेपाली सेनाको सो टिमले कोरोनाबाट मृत्यू भएकालाई अन्तिम सलामी दिँदै शव व्यवस्थापन गरेको हो ।
कोरोनाबाट विश्व नै आक्रान्त रहेको बेला नेपाली सेनाको कोभिड डेथ बडी मेनेजमेन्ट टीमको कार्यलाई सराहना गरेको छ । कोभिड योद्धाको सँज्ञा दिँदै चौतर्फी प्रशँसा समेत गरिएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…