वडाध्यक्ष घुस सहित रँगेहात पक्राउ
२० हजार रुपैयाँ घुस लिसकेको अवस्थामा वडा कार्यालयको परिसरबाटै नियन्त्रणमा लिएको

२०७७ भदौ १८ बिहीबार, बेलुकी ५:४१ बजे१ मिनेट पढाइ
न्यूज ब्यूरो, रुपन्देही । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले एक वडाध्यक्षलाई घुस सहित रँगेहात पक्राउ गरेको छ ।
रुपन्देही जिल्लाको रोहिणी गाउँपालिकाको वडा नं. २ का वडाध्यक्षण सरोज कुमार पाण्डेलाई अख्तियारले घुस सहित रँगेहात पक्राउ गरेको हो ।
पाण्डेले अनुदान स्वरुप रकम प्रदान गर्न सहजीकरण गरिदिएको भनी सेवाग्राहीसँग घुस माग गरेको उजुरी एवं सूचनाका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलबाट खटिई गएको टोलीले उनलाई २० हजार रुपैयाँ सहित पक्राउ गरेको हो ।
वडाध्यक्ष पाण्डेलाई २० हजार रुपैयाँ घुस लिसकेको अवस्थामा वडा कार्यालयको परिसरबाटै नियन्त्रणमा लिएको जनाईएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…