जनकपुरः पुनः एक दलित किशोरी पानीमा मृत भेटिए !
स्थानीयहरुका अनुसार, मृतक दास बुधबार साँझ मेला समेत हेर्न गएकी थिइन् ।

२०७७ भदौ १८ बिहीबार, दिउँसो १२:४७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषामा एका विहानै एक किशोरी पानीमा मृत फेला परेकी छन् । धनुषाको धनौजी गाउँपालिका वडा नं. १ लखौरीको रेल्वे ट्रैक (लिक) छेउममै रहेको खाल्डोमा मृत भेटाएकी हुन् ।
धनौजी गाउँपालिका वडा नं. १ लखौरी बस्ने लक्ष्मी दासकी अन्दाजी १५ बर्षकी छोरी अमरिका कुमारी दास आज विहान करिब ७ बजे मृत फेला परेकी हुन् । गाउँलेहरु खेततर्फ जाँदा पानीमा डुबेको तथा हात मात्र देखेपछि प्रहरीलाई खवर गरेको थियो ।
बुधबार लखौरीमै ईन्द्र पूजाको उत्सव चलिरहँदा मेला हेरेर घर फर्केकी अमरिकाले गएराती करिब १२ बजेको समयमा आफ्नो घरको छतबाट ओर्लेर भागेकी थिइन् । रातीमा साडी र तन्नालाई जोडेर फिल्मी शैलीमा छतबाट तल ओर्लेर घरबाट भागेकीस्थानीयहरुले बताएका छन् ।
स्थानीयहरुका अनुसार, मृतक दास बुधबार साँझ मेला समेत हेर्न गएकी थिइन् । राती खाना खाएर छतमै सुत्न गएकी उनी राती उनको अभिभावकले खोज्दा भेटाएनन् । विहान छतबाट साडी र तन्ना देखेपछि घरबाट भागेको थाहा पाएको बताईएको छ ।
केही बेरमा मृत अवस्थामा एक जना पानीमा फेला परेको भन्दै गाउँभरि हल्ला चल्दा स्थानीयहरुले अमरिका नै हुनुपर्ने अनुमान गरेको थियो । जिल्ला प्रहरी कार्यालय धनुषाबाट प्रहरीको टोली गएपछि शवलाई बाहिर निकालेपछि सनाखत भएको थियो ।
यता, प्रहरीले उनको शरिर फुलेको तर कतै पनि नील डाम नदेखिएकोले हत्या वा आत्महत्या बारे पोष्टमार्टमपछि मात्र भन्न सकिने बताएका छन् । शवलाई पोष्टमार्टमको लागि जनकपुर प्रादेशिक अस्पताल ल्याइएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…