किन भयो प्रथम प्रदेश सभा बैठक अवरुद्ध ?
बैठक कक्ष बाहिर टेलिभिजनमा लाइभ हेर्ने व्यबस्था

२०७४ माघ २१ आइतबार, दिउँसो १:१४ बजे१ मिनेट पढाइ

जनकपुरधाम, २१ माघ ।
न्यूज ब्युरो ।
आज भइरहेको प्रदेश नं. २ को प्रथम प्रदेश सभा बैठक कक्षमा मधेसी शहिदको फोटो नराख्दा बैठक सुरुहुन साथ अवरुद्ध पनि भएको छ ।
प्रथम बैठकमै मधेसमा आन्दोलनको क्रममा सहादत दिएका शहिदहरुको तस्विर बैठकमा नराख्दा प्रदेश सभा सदस्यहरुले आपति जनाएपछि बैठक अवरुद्ध भएको हो ।
बैठकमा राजपा नेता मनिष सुमनले सभामुखको आशन अगाडि जनआन्दोलनका शहीदको तस्वीर राखेको तर मधेस आन्दोलनका शहीदको तस्वीर नराखेको भन्दै आपत्ति जनाएका थिए ।
त्यस लगत्तै अन्य सांसदहरुसमेत आशनबाट उठेपछि वैठक अवरुद्ध भएको हो । फोटो राख्न सभामुखले निर्देशन दिएसँगै बैठक शुरू भएको छ ।
वैठकको अध्यक्षता गरेका जेष्ठ सदस्य ललन लाल चौधरीले पहिलो बैठकमा त्रुटी भएको र आमी बैठकमा यसलार्इ सच्याउने भनेसँगै बैठक सुचारू भएको हो ।
प्रदेश बैठक हेर्न सर्बसाधारणको भीड लागेको छ । बैठक कक्ष बाहिर टेलिभिजनमा लाइभ हेर्ने व्यबस्था गरिएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…