के के हुन्छ आजको प्रथम बैठकमा ? कसले कति मिनेट बोल्न पाउने ?
जनकपुरधाम, २१ माघ । न्यूज ब्युरो || पहिलो बैठकको सभामुखको भूमिका ज्येष्ठ सदस्य लगनलाल चौधरीले गर्दै हुनुहुन्छ । ७६ वर्षीय चौधरी सिरहा निर्वाचन क्षेत्र नं १ (क)का एमाले विधायक हुन् । बैठकको शुरुमा सभामुखको आसनबाट चौधरीले प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थले प्रथम प्रदेशसभा बैठक आह्वान गर्न जारी गरेको

२०७४ माघ २१ आइतबार, दिउँसो १२:३१ बजे१ मिनेट पढाइ
जनकपुरधाम, २१ माघ ।
न्यूज ब्युरो || पहिलो बैठकको सभामुखको भूमिका ज्येष्ठ सदस्य लगनलाल चौधरीले गर्दै हुनुहुन्छ ।
७६ वर्षीय चौधरी सिरहा निर्वाचन क्षेत्र नं १ (क)का एमाले विधायक हुन् । बैठकको शुरुमा सभामुखको आसनबाट चौधरीले प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थले प्रथम प्रदेशसभा बैठक आह्वान गर्न जारी गरेको सूचना पढेर सुनाउनु हुनेछ ।
प्रदेश नं २ मा प्रतिनिधित्व गर्ने पाँच राजनीतिक दलका नेताको शनिबार साँझ बसेको कार्यव्यवस्था तथा सर्वदलीय परामर्श समितिको बैठकले उक्त कार्यसूची तय गरेको हो ।
सर्वदलीय बैठकले फागुन २ गते बस्ने प्रदेश सभाको अर्को बैठकबाट सभामुखको निर्वाचन गर्ने निर्णयसमेत गरेको छ ।
सभामुखको अनुपस्थितिमा बैठक सञ्चालनका लागि प्रदेश सभाका केही सदस्य मनोनयन पनि पहिलो बैठकबाटै गरिनेछ ।
प्रदेश सभाको पहिलो बैठक भएकाले सभामा उपस्थित दलका एक–एक जनालाई सम्बोधन गर्न समय दिइनेछ । पहिलो बैठक बसेको १५ दिनभित्र सभामुख चयन गर्नुपर्ने संवैधानिक व्यवस्था छ ।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…