रौतहटमा हत्या उपर हत्याः फेरी एक युवकलाई गोली हानी हत्या !
प्रहरी घटनास्थल पुगेर मुचुल्का उठाउँदै थप अनुसन्धान अगाडी बढाएको छ ।

२०७७ भदौ १५ सोमबार, बेलुकी ६:१४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, रौतहट । विगत केही दिनदेखि प्रदेश नं. २ को रौतहट जिल्लामा श्रृँखलाबद्ध रुपमा हत्याका घटनाहरु भईरहेको छ ।
गत साउन ३२ गते दलित युवक निरञ्जनको रामको घाँटी रेटी हत्या, सोही काण्डमा पक्राउ गरिएका विजय राम प्रकरण, भदौ ३ गते राती मन्दिर पुजारीको गोली हानी हत्या र आईतबार मात्र पुनः एक दलित महिलाको घाँटी थिचेर हत्या गरिएको केही घण्टामै पुनः एक युवकलाई गोली हानी हत्या गरिएको छ ।
रौतहट जिल्लाकै ईशनाथ नगरपालिकाको घिउरा गाउँ बस्ने हरिभजन साहको अन्दाजी बर्ष ३५ को छोरा बिनदयाल साहलाई अज्ञात व्यक्तिले गोली प्रहार गरी हत्या गरेको छ ।
साहको शव (लास) नेपाल भारत सीमाको घोडासाहन नजिक लाल बसवरिया भन्ने गाउँको नजिक फेला परेको छ । प्रहरी घटनास्थल पुगेर मुचुल्का उठाउँदै थप अनुसन्धान अगाडी बढाएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…