सिरहा: गोलबजार नगरपालिकाले दिएन कोरोनाको नाममा खर्च भएको हिसाब
विभिन्न स्थानीय तहहरुले कोरोना नियन्त्रणको नाममा लाखौं करोडौंको अनियमितता गरेको समाचारहरु बाहिर आएको छ ।

२०७७ भदौ १४ आइतबार, बेलुकी ५:४८ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । सिरहाको गोलबजार नगरपालिकाले कोरोना नियन्त्रणमा गरिएको खर्चको विवरण नदिएपछि युवाहरुले आन्दोलनको चेतावनी दिएको छ ।
स्थानीय अगुवा युवाहरुले सूचनाको हक प्रयोग गरी नगरपालिकाले अहिलेसम्म कोरोना नियन्त्रणको विभिन्न शिर्षकमा भएको खर्चको बारेमा हर हिसाब पारदर्शी गर्न निवेदन दर्ता गराएका हुन् ।
स्थानीय राम कुमार यादव, सत्रुधन यादव र गुरुशरण सिँहले सँयुक्त रुपमा सूचनाको हक प्रयोग गरी कोरोना नियन्त्रणको लागि कुन कुन शिर्षकमा के कति खर्च भएको बारे सूचना उपलब्ध गराउन गत साउन २८ गतेमा निवेदन दर्ता गराएका हुन् ।
कम्तीमा ७ र बढीमा १५ दिनभित्र सार्वजनिक सूचना उपलब्ध गराउनुपर्ने प्रावधान रहेपनि नगरपालिकाको कार्यालयले अझै हर हिसाबको विवरण उपलब्ध नगराएको भन्दै उनीहरुले आन्दोलनको विकल्प नरहेको बताएका छन् ।
उनीहरुले सूचना उपलब्ध नगराए आन्दोलन सहित अदालतसम्म जाने तथा सम्बन्धित निकाय समेतमा जाने चेतावनी दिएको छ । विभिन्न स्थानीय तहहरुले कोरोना नियन्त्रणको नाममा लाखौं करोडौंको अनियमितता गरेको समाचारहरु बाहिर आएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…