'जिल्लामै कोरोना विशेष अस्पताल बनाउ'
रोग बढदै जादा कन्ट्याक्ट् ट्रेसिङ र जांच गर्न गर्हो हुँदै जान्छ तर गार्हो छ भन्दैमा छोड्दिने हो भने झन रोग बढनेछ।

२०७७ भदौ १३ शनिबार, बिहान १०:५१ बजे३ मिनेट पढाइ
कोरोना भाइरसको संक्रमण बिस्तारलाई न्युनिकरण र नियन्त्रणका बिभिन प्रयास गर्दा गर्दै पनि कोरोना संक्रमणको दर घटनुको साटो बढदै जानू दुःखत कुरा हो।
रोकथाम तथा नियन्त्रणका लागि गरिएको प्रयासहरु मध्य अनिबार्य माक्सको प्रयोग , भौतिक दुरि ,कन्ट्याक्ट ट्रेसिङ , क्वारेन्टाइन , आइसोलेशन, लकडाउन , कर्फ्यु , जाँच , प्रबेश निशेध जस्ता उपायहरु अपनाइरहेपनी किन बढिरहेको छ त ? यो सबैको चासोको विषय हो।
नियम त बन्यो । प्रचार त गरियो। तर दैनिक जिवनमा कतिको प्रयोग भएको छ सबैमा अबगत नै छ।भौतिक दुरिको पालाना ,भेला हुने प्रकृया,नजिकको साथिहरु सङ्ग भेटघाट हुदा अपनाउने सावधानीको अबस्था कस्तो छ बिचार गरौ ।
बजार जादा होस वा चाड पर्वको नाममा हामी कोरोना भाइरस बाट बच्नकोलागि बनाएको मापदण्ड पालना गरेका छौ या छैनौ । यदि हामी सचेत न हुने हो भने यो संक्रमण अझै बढने सम्भाबना देखिनछ।
रोग बढदै जादा कन्ट्याक्ट् ट्रेसिङ र जांच गर्न गर्हो हुँदै जान्छ तर गार्हो छ भन्दैमा छोड्दिने हो भने झन रोग बढनेछ। अहिले संक्रमण बढिरहदा यहि चुकिरहेको छौकी भन्ने आभाश हुन्छ।संक्रमितलाई जति छिटो पहिचान गर्न सक्यो त्यतिनै छिटो सक्रमण रोकन सफल हुनेछौ।
तिनै तहका सरकार र आम जनता कोरोना संक्रमण नियन्त्रणको लागि लागिपरेका छन् ।तर केही संकास्पद ब्यक्तीले गरेको सानो गल्तिले धेरै ब्यक्ती पीडित हुन सक्छ।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…