धनुषाः तस्कर र प्रहरीबीच झडप, प्रहरीले गरे गोली फायर !
जानकारी अनुसार, वडा नं. २ का वडाध्यक्ष श्रवण कुसियैतले सघाउँदै आएको खुलेको छ ।

२०७७ भदौ १२ शुक्रबार, राति ९:३० बजे१ मिनेट पढाइ
न्यूज ब्यूरो, जनकपुरधाम । धनुषामा नेपाल प्रहरी र तस्करहरुबीच झडप भएको छ । आज (शुक्रबार) बेलुकी तस्कर र प्रहरीबीच झडप भएको बताइएको छ ।
जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार, बेलुकी करिब ८ बजेको समयमा धनुषाको विदेह नगरपालिका वडा नं. २ दुहबी गोबराही स्थित स्थानीय राजीव महासेठको घरमा छापामारी गरेपछि झडप भएको थियो ।
प्रहरीको टोली खान तलासीको लागि जाँदा तस्कर महासेठले आफ्नो मान्छे बोलाएर प्रहरी उपर ढुँगामुढा गर्न थालेपछि स्थितिलाई नियन्त्रणमा लिनको लागि एक राउण्ड हवाय फायर समेत गरेको हो ।
महासेठ आफ्नो घरमा तस्करी गरी राखिएको वा तस्करीको लागि राखेको मटर र मरिचको गोप्य सूचना पाएर खान तलासी गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता मकेन्द्र मिश्रले जनाएका छन् ।
उनको घरबाट भारी मात्रामा मटर, मरिच लगायतका समानहरु बरामद गरेको हो । यद्यपी, कति मात्रामा बरामद गरेकोबारे अहिले खुलाएको छैनन् ।
सो अघि विदेह नगरपालिकाको तिनकौरिया र ठाढीमा समेत प्रहरीले छापामारी गरेर भारी मात्रामा तस्करीका समानहरु बरामद गरेको बताइएको छ ।
जानकारी अनुसार, वडा नं. २ का वडाध्यक्ष श्रवण कुसियैतले सघाउँदै आएको खुलेको छ । विदेह नगरपालिका वडा नं. २ का वडाध्यक्ष कुसियैतले तस्करसँग साँठगाठ गरी तस्करीमा समेत सँलग्न हुँदै आएको बताइएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…