ल्याबमै पँखामा झुण्डिएको अवस्थामा भेटिए डाक्टर !
न्यूज ब्यूरो, सिरहा । प्रदेश नं. २ को सिरहामा एक चिकित्सक घरको पँखामा आज (शुक्रबार) विहान झुण्डिएको अवस्थामा भेटिएका छन् । सिरहाको नरहा गाउँपालिका वडा नं. ३ का स्थानीय रामबिलाश महतोको घरमा डेरा बस्दै आएका ॐ जीवन दिप प्याथोलोजी ल्याबको संचालक बर्ष ३५ का दिप नारायण यादव घरको पँखामा विहानै झुण्डिएको भे

२०७७ भदौ १२ शुक्रबार, दिउँसो १२:२७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । प्रदेश नं. २ को सिरहामा एक चिकित्सक घरको पँखामा आज (शुक्रबार) विहान झुण्डिएको अवस्थामा भेटिएका छन् ।
सिरहाको नरहा गाउँपालिका वडा नं. ३ का स्थानीय रामबिलाश महतोको घरमा डेरा बस्दै आएका ॐ जीवन दिप प्याथोलोजी ल्याबको संचालक बर्ष ३५ का दिप नारायण यादव घरको पँखामा विहानै झुण्डिएको भेटिएका हुन् ।
सँचालन गरिएकोआफ्नो ल्याब परिक्षण गर्ने कोठामा पंखामा झुन्डिएको अवस्थामा देखेपछि तत्कालै प्रहरीलाई खवर गरिएको थियो ।
नरहा गाउँपालिका वडा न ३ चोहर्वाका महेन्द्र यादवको छोरा दीप नारायण यादव सोही ठाउँमा ल्याब सँचालन गर्दै आएका थिए । विहान एक विरामी उनलाई खोज्दै ल्याबमा गएपछि भित्रैबाट चुकुल लागेको थियो ।
छेउका पसलेलाई भनेपछि घर गएको होलान भनेर एक जनाले उनको घर गएर बोलाएपछि मृतक चिकित्कका वुवाले पनि बोलाएका थिए । धैरै बेरसम्म बोलाएपनि चुकुल नखोल्दा चुकुल तोडिएको थियो । चुकुल तोडदा यादव पँखामा झुण्डिएको अवस्थामा मृत फेला परेको थियो ।
सिरहाको भूमिजा अस्पतालले उनलाई मृत घोषित गरेको हो । स्थानीयहरुका अनुसार, केही दिनदेखि उनी गहिरो चिन्ता (डिप्रेशन) मा देखिएका थिए । आन्तरिक कुनै कारणले डिप्रेशनमा गएका यादवले आज विहानै झुण्डिएको अवस्थामा मृत फेला परेका छन् ।
उनको शवलाई पोष्टमार्टमको लागि जिल्ला अस्पताल सिरहा लगिएको जनाइएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…