निवर्तमान अध्यक्ष खाती लगायत संचालक सदस्यहरु कार्यलय भित्रै थुनिए
आक्रोषित ग्राहकहरु पूर्व अध्यक्ष खाती र उपाध्यक्ष संजय ठाकुरलाई कार्यालय भित्रै थुनी तल्चा लगाइएको छ ।

२०७७ भदौ ११ बिहीबार, बेलुकी ६:४४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका वडा नं. ५ महेन्द्रनगर स्थित रहेका महालक्ष्मी बचत तथा सहकारी संस्थाकी निर्वतमान अध्यक्ष नम्रता खाती वर्तमान अध्यक्ष मनोज सिहं प्रबन्धक बिमल कार्कि लाई कार्यालय भित्रै राखी बाहिरबाट ताल्चा लगाईएको हो ।
क्षिरेश्वरनाथ नगरपालिका ५ महेन्द्रनगरका स्थानीय व्यापारीहरु ब्यापार बाट कमाएको पैसा बचत गर्दै थियो कोई व्यापारी छोरी बिहे त काई बिभिन्न कामका लागी बचत गरेको पैसा महालक्ष्मी सहकारी संस्थाले विगत दिन देखि नै ग्राहकको पैसा डुवाउन खोजिरहेको भन्दै ग्रााहकहरुले कार्यालयमा ताल्चा लगाएको थियो ।
विगतको दिनमा प्रदेश सासद सत्रुधन महतो , नगर प्रमुख योगेन्द्र पंजियार रास्टूीय सहकारी संचालक समिति सदस्य धु्रब नारायाण यादव ,समाजसेवी लगाायतको उपस्थितिमा ग्राहकको पैसा भुक्तानी दिने भनी २०७६ आसिवन महिनाको निर्णय अनुसार ग्राहकको पैसा मंसिर मसान्त सम्म हिसाव मिलान गरि प्रत्येक महिना २० लाखको दरले ग्राहकको पैसा भुक्तानी गर्ने छ भनि ग्राहक प्रतिनिधि र बैंकको पदाधिकारी विच समझौता भएको थियो तर आज सम्म ग्राहकको रुपैया फिर्ता गर्न नसकेपछि आक्रोषित ग्राहकहरु पूर्व अध्यक्ष खाती र उपाध्यक्ष संजय ठाकुरलाई कार्यालय भित्रै थुनी तल्चा लगाइएको छ ।
विगत करिब १८ साल देखि धनुषा महेन्द्रनगर स्थित स्थापना भई सुरुवाती अवस्थामा राम्रो छवी बनाई संचालन हुँदै आएको यी सहकारी संस्था यता आई संचालक समितिको लपरवाहीका कारण यस्तो अवस्थामा पुगेको ग्राहकहरुको भनाई रहेको छ ।
क्षिरेश्वरनाथ नगरपालिका ५ महेन्द्रनगर लगायत क्षेत्रका करिब १ हजार शेयर सदस्य रहेको महालक्ष्मी सहकारी संस्थाको अध्यक्ष खाती, उपाध्यक्ष संजय ठाकुर, सचिव मुकेश थापा, सदस्य हरि कटुवाल लगायतका व्यक्तिहरु संचालक समितिमा रहेको होे ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…