धनुषाधामको ३ कर्मचारीमा पनि कोरोना
उनीहरुको सम्पर्कमा आएकाहरुलाई नगरपालिकासँग समन्वय गरी पिसिआर टेष्ट गर्न आग्रह गरिएको हो ।

२०७७ भदौ ११ बिहीबार, बिहान ८:२५ बजे१ मिनेट पढाइ
न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको धनुषाधाम नगरपालिकाको ३ जना कर्मचारीमा कोरोना पुष्टि भएको छ ।
नगरपालिकाको २ जना स्वास्थ्यकर्मी १ जना नगरपालिका कार्यालय भित्रकै कर्मचारीमा कोरोना पोजिटिभ देखिएको नगर प्रमुख बालेश्वर मण्डलले बताएका छन् ।
नगरपालिका भित्रै रहेको स्वास्थ्य सँस्थाकी एक अनमी, एक जना एच.ए. र अर्का नगरपालिकाको अमिनमा कोरोना पोजिटिभ देखिएको हो । उनीहरुमा कोरोना पोजिटिभ देखिएसँगै उनीहरुको सम्पर्कमा आएकाहरुको पिसिआर ट्रासिँगको आधारमा गरिने नगर प्रमुख मण्डलले बताए ।
अनमी धनुषाधाम नगरपालिका वडा नं. ५, एच.ए. धनुषाधाम नगरपालिका वडा नं. ४ सर्सा तथा अमिन धनुषाकै नगराइन नगरपालिकाको रहेका बताइएको छ । उनीहरुको सम्पर्कमा आएकाहरुलाई नगरपालिकासँग समन्वय गरी पिसिआर टेष्ट गर्न आग्रह गरिएको हो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…