मुख्यमन्त्री राउतको राजीनामा माग
उनीहरुले दोषी जोकोही भएपनि छिटोभन्दा छिटो पत्ता लगाई कानुनको दायरामा ल्याउन माग गरेका हुन् ।

२०७७ भदौ ८ सोमबार, बेलुकी ६:३८ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सप्तरी । प्रदेश नं. २ का मुख्यमन्त्री मो. लालबाबू राउतको राजीनामा माग गरिएको छ । सप्तरीमा युवायुवतिहरुले प्रदेश सरकार विरुद्ध प्रदर्शन गर्दै मुख्यमन्त्री राउतको राजीनामा माग गरिएको हो ।
सप्तरीको राजबिराज स्थित जिल्ला प्रशासन कार्यालयको अगाडि राष्ट्रीय एकता अभियानले प्रदर्शन गर्दै मुख्यमन्त्री राउतको राजीनामा माग गरेको हो ।
रौतहट जिल्लाको माधव नारायण नगरपालिका वडा नं २ खेसरहिया टोल नजिक हनुमान मन्दिर पुजारी सन्त महराज पुजारी राम साहलाई खाना खाइरहेका वेला अज्ञात व्यक्तिले कन्चठमा गोली हानी हत्या गरेको आज पाचौं दिन बितिसक्दा पनि हाल सम्म हत्यारा पक्राउ वा पत्ता लगाउन पहल नगरेको भन्दै प्रदशएन गरिएको छ ।
प्रदेश नं २ अन्तर्गत पटक पटक विभिन्न हत्याहिंसा बढ्दै गइरहेको हुनाले सुरक्षाको ग्यारेन्टी दिन नसक्ने मुख्यमन्त्री आफूहरुलाई चाहिदैन तथा राजिनामा माग गर्दै प्रदर्शन गरिएको हो ।
उनीहरुले दोषी जोकोही भएपनि छिटोभन्दा छिटो पत्ता लगाई कानुनको दायरामा ल्याउन माग गरेका हुन् ।
हिन्दु परिषदकी राष्ट्रिय सदस्य सुनीता साहको नेतृत्वमा भएको प्रदर्शनमा “सुरक्षा दिन नसक्ने मुख्यमंत्री राजीनामा दे”, “संत श्रीराम साह को हत्यारालाई अबिलम्ब कार्यवाही ग़र”, “हिन्दू संत तथा अभियंताको सुरक्षा ग्यारेन्टी ग़र”, जस्ता विभिन्न नारा लगाइएको थियो ।
यता, प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र कुमार यादवले सो घटना उपर छानबिन जारी रहेको तथा प्रदेश सरकारले सो घटनाको छानबिनमा तीव्रता दिनको लागि स्थानीय प्रशासनलाई निर्देशन दिएको बताइएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…