जनकपुरः दाईलाई कुटपिट गर्दै बालिकालाई गैँग रेप, यादव पक्राउ !
पिडितले पहिचान गरी सनाखत गरेको हुँदा यादवलाई पक्राउ गरी हिरासतमा राखिएको हो ।

२०७७ भदौ ७ आइतबार, दिउँसो ४:५२ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नं. २ को अस्थायी राजधानी जनकपुरदेखि केही दुरीमा रहेको धनुषाधाममा एक बालिकामाथि सामुहिक बलात्कार भएको घटना बाहिर आएको छ ।
धनुषाको धनुषाधाम नगरपालिका वडा नं. २ धमौरा पोखरी स्थित स्थानीय ४ युवकले सामुहिक बलात्कार गरेको जनाइएको छ । बालिकाको स्थान भने खुलाइएको छैनन् । जानकारी अनुसार बालिका धनुषाको सबैला नगरपालिकाकी हुन् ।
गत भदौ १ गते बेलुकी करिब ६ः४५ बजे दिदीको गाउँबाट आफ्नो गाउँ जाँदै गर्दा बाटोमै समातेर बालिकालाई स्थानीय ४ जनाले सामुहिक बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले पीडित बालिकाको आरोप र निवेदनलाई उदृत गर्दै जनाएको छ ।
धनुषाधाम नगरपालिका वडा नं. ५ नौयसबिघा (दिदीको घर) बाट आफ्नो दुई दाजुसँगै आफ्नो पैतृक घर गईरहेको बेला दुई वटा मोटरसाईकलमा पिछा गर्दै धरमपुर स्थित बालिकाकी दुवै दाजुलाई कुटपिट गरी भगाएर सामुहिक बलात्कार (गैँग रेप) गरेको आरोपमा एक जनालाई पक्राउ समेत गरिएको छ ।
मोटरसाईकलमा आएका ती युवकहरुले उनको दुवै दाजुलाई कुटपिट गरी भगाएर बालिकालाई समेत कुटपिट गर्दै स्थानीय सुकन यादवको धानखेतमा लगेर चारै जना सामुहिक बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
अनुसन्धानको क्रममा पिडितले टिपाएको हुलियाको आधारमा जिल्ला प्रहरी कार्यालय धनुषामा सनाखतको लागी धनुषा धनुषाधाम नगरपालिका वडा नं. २ धरमपुर वस्ने वर्ष १९ को विजय कुमार यादवलाई प्रहरीले पक्राउ गरी राखेको छ ।
पिडितले पहिचान गरी सनाखत गरेको हुँदा यादवलाई पक्राउ गरी हिरासतमा राखिएको हो । उनलाई अदालतबाट म्याद थप गरी थप अनुसन्धान गर्ने जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता मकेन्द्र मिश्रले जनाएका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…