प्रदेश २ को जनस्वास्थ्य प्रयोगशालामा भारी सँख्यामा कर्मचारी माग
सूचना प्रकाशित भएको ७ दिनभित्र कार्यालयको ईमेल मा सबै कागजातहरु पठाउनुपर्ने

२०७७ भदौ ७ आइतबार, बिहान १०:५४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नं. २ को समाजिक विकास मन्त्रालयले जनस्वास्थ्य प्रयोगशालाको लागि भारी सँख्यामा कर्मचारी माग गरेको छ ।
करार सेवामा कर्मचारी भर्नाको लागि अपिल गर्दै मन्त्रालयले जनस्वास्थ्य प्रयोगशलामाको लागि विभिन्न पदको लागि सूचना विज्ञापन प्रकाशित गरेको हो । मन्त्रालयले मेडिकल बायोलोजिस्ट पदको लागि ३ जना माग गरेको छ । जसको योग्यता भने बिएससी एमएलटी वा एमएससी मेडिकल माईक्रोबायलोजी माग गरेको छ ।
यसैगरी, मेडिकल ल्याब टेक्नोलोजिस्ट ९ जना, ल्याब टेक्नीसियन ४ जना, ल्याब असिस्टेन्ट २ जना माग गरिएको छ । त्यसको लागि योग्यता भने बिएमएलटी, विएससी एमएलटी, सिएमएलटी, टि एसएसली मेडिकल लाईबोरेटरी तोकेको छ ।

यसका साथै, कम्पयुटर अपरेटर, रिसेप्सोनिष्ट, हुलका सवारी चालक, कार्यालय सहयोगी, स्वीपर र सेक्युरिटी गार्ड पनि माग गरिएको छ । सिरियल नम्बर ४ देखि सम्बन्धित परिषदमा दर्ता हुनुपर्ने तथा अनुभवीलाई विशेष ग्राहयता दिने भनिएको छ ।
अन्तरवार्ता माध्यमबाट परीक्षा लिइने छ भने मेडिकल माईक्रोबायोलोजिष्ट र मेडिकल ल्याब टेक्नीसियनको फारमको लागि १००० रुपैयाँ बुझाउनुपर्ने उल्लेख गरिएको छ । ल्याब टेक्नीसियन, ल्याब असिस्टेन्ट, कम्युटर अपरेटर र रिसेप्सोनिष्टको लािग ४०० रुपैयाँ तथा त्यो भन्दा तलको लागि ३०० रुपैयाँ फारम शुल्क तोकिएको हो ।
फाराम भर्न चाहने उम्मेदवारले सूचना प्रकाशित भएको ७ दिनभित्र कार्यालयको ईमेल pphl2janakpur@gmail.com मा सबै कागजातहरु पठाउनुपर्ने उल्लेख गरिएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…