बजार लगाउने विषयमा कुटाकुट, एक युवक गम्भीर घाइते

उनको मिर्चैयास्थित एक हस्पिटलमा उपचार भइरहेको छ ।

२०७७ भदौ ६ शनिबार
दिउसो १:११ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, सिरहा । सिरहाको मिर्चैया नगरपालिका-१२ मा बजार लगाउने विषयमा कुटाकुट भएको छ ।

 

मिर्चैया-१२ सिक्रौनस्थित नहरमा लाग्दै आएको बजारको विषयमा विवाद भएको हो । विवादमा भनाभनपछि कुटाकुट हुँदा एकजना गम्भीर घाइते भएका छन् ।

 

शुक्रबार बिहानै स्थानीय जयकिशोर कापर र सोही ठाउँका दिपनारायण कापर (डम्बर) बीच भएको कुटाकुटमा जयकिशोरलाई गम्भीर चोट लागेको हो । दिपनारायणले काठको चिर्पटले हान्दा जयकिशोरको टाउको फुटेको छ ।

 

उनको मिर्चैयास्थित एक हस्पिटलमा उपचार भइरहेको छ भने टाउकोमा १८ वटा टाका लगाइएको छ ।

 

के हो विवाद ?

सिक्रौनको नहरमा विगत करीब १ वर्षदेखि बजार लाग्दै आएको छ । स्थानीयहरुले त्यसताका हरेक सोमबार र शुक्रबार बजार लगाउने निर्णय गर्दै बजार लगाउँदै आएका थिए ।

 

तर, पछिल्लो समय डम्बरसहित केहि व्यक्तिले शुक्रबारको बजार बिहीबार लगाउने अडान लिँदै आएका थिए । तर, अधिकांशले बिहीबार मिर्चैया बजार पर्ने भएकाले शुक्रबार नै ठीक रहेको भन्दै पहिला झैँ बजार लागिरहनु पर्ने भन्दै आएका थिए ।

 

स्थानीयका अनुसार, डम्बर शुक्रबार बिहान बजार लाग्ने ठाउँमा गएर बिहीबार नै बजार लगाउने, रोक्नेले रोकेर देखाओस् भन्दै अश्लील शब्द प्रयोग गरिरहेको देखेपछि जयकिशोरले किन गाली गरेको भन्दा दुबैबीच भनाभन भएको थियो । त्यसपछि कुटाकुट भएको हो ।

 

जयकिशोर बजार थालनी गर्ने मध्येका एक हुन् । यता, डम्बरलाई मिर्चैया प्रहरीले पक्राउ गरेको छ ।

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

मधेशका मुख्यमन्त्री यादवले चौथो पटक पाए विश्वासको मत

  • २०७७ भदौ ६ शनिबार

न्यूज ब्यूरो, जनकपुरधाम ।  मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले चौथो पटक विश्वासको मत प्राप्त गरेका छन् । बुधबार बसेको प्रदेश सभाको बैठकमा उपस्थित कुल सांसद ६१ जनामध्ये मुख्यमन्त्री सरोज कुमार

पूरा पढ्नुहोस्

Bureau Menus