जनकपुरः पोखरीमा पुरुष मृत फेला
उनको मृत्यू कसरी भयो भन्ने बारे रिपोर्ट आएपछि मात्र भन्न सकिने बताइएको छ ।

२०७७ भदौ ६ शनिबार, बिहान ११:५६ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरमा आज विहानै एक पुरुष मृत अवस्थामा फेला परेका छन् । जनकपुरधाम उपमाहानगरपािलका वडा नं. ९ स्थित गोरधोई पोखरीमा एक पुरुषको मृत र तैरिरहेको अवस्थामा फेला परेका हुन् ।
शनिवार (आज) बिहानै स्थानियहरुले ती पुरुषलाई गोरधोई पोखरीको दक्षीण तर्फ रेलवे लाईनको विचमा रहेको पोखरी किनारमा मृत अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेको थियो ।
अन्दाजी ३१ वर्षीय ती पुरुषको पहिचान खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायव उपरिक्षक एवम प्रवक्ता मकेन्द्र मिश्रले जानकारी दिएका हुन् । पुरुषको शव सहित मुचुल्का उठाएर पोष्टमार्टमको लागि अस्पताल लगिएको जानकारी दिए ।
पुरुषको भने अझै सनाखत हुन सकेको छैनन । उनको मृत्यू कसरी भयो भन्ने बारे रिपोर्ट आएपछि मात्र भन्न सकिने बताइएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…