विश्व प्रसिद्ध गढीमाई मन्दिरका पूजारीको मृत्यू !
प्रत्येक ५ वर्षमा लाग्ने गढीमाई मेला एसियामै बलि प्रदानको मन्दिरमा भनेर चिनिन्छ ।
२०७७ भदौ ५ शुक्रबार, बेलुकी ७:५३ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, बारा । बिश्व प्रसिद्ध गढीमाई मन्दिरका मूल पूजारीको असमायिक निधन भएको छ ।
बाराको महागढीमाई नगरपालिका स्थित रहेको गमाई मन्दिरका मूलपुजारी रौतहटका गजरा नगरपालिका वडा नं.३ सिमरि गाउका ७६ बर्षीय दुखन धामिको असामायिक निधन भएको छ ।
पुजारी धामी दूई दिनदेखी झाडा पखालाबाट ग्रसित भएका थिए । उनको उपचार निजगढमा हुन नसक्दा थप उपचारको लागी भरतपुर लिएर जादै गर्दा बाटोमा मृत्यु भएको स्थानीय समाजसेबी अन्तरे लामाले जानकारी दिए ।
स्वर्गीय पुजारी धामीको आजै सिमरी गाउँ छेउको नदी किनारमा अन्त्यष्टी गरिने समाजसेवी लामाले बताए । गढीमाई मन्दिर बारामा भए पनि रौतहट गुजरा नगरपालिका वडा नं. ३ सिम्रीगाउँका दुखन धामीका पूर्वजहरु नै मूलपूजारी रहँदै आएको उनको परिवारजनको भनाइ छ ।
प्रत्येक ५ वर्षमा लाग्ने गढीमाई मेला एसियामै बलि प्रदानको मन्दिरमा भनेर चिनिन्छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
लेखक
दिपेन्द्र जयसवाल
न्यूज ब्यूरो, संवाददाता
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…