भारतको ठुलो अनलाईन शपिँग फ्लिपकार्ट सेवा नेपालमा
फ्लिपकार्टमा भारतमा पाईने उच्चस्तरीय, गुणस्तरीय र आधुनिक समानहरु उपलब्ध छन् ।

२०७७ भदौ ५ शुक्रबार, दिउँसो ४:२४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । छिमेकी राष्ट्र भारतको ठुलो अनलाईन शपिँग मध्ये एक मानिएको फ्लिपकार्ट सेवा अब नेपालमा पनि सेवा दिने भएको छ ।
ईकमर्स प्लेटफार्मको दुनियाँमा भारतका ठुल ठुला प्लेटफार्ममध्ये एक रहेको फ्लिपकार्टले नेपालको अनलाई शपिँग प्लेटफार्म सस्तोडिलसँग सम्झौता र साँझेदारी गरेको छ । फ्लिपकार्टमा पाईने समानहरु अब नेपालबाट पनि अर्डर गर्न सकिन तथा नेपालमै पनि पाउने भएको छ ।
यी दुई कम्पनीबीच पहिलेदेखि नै प्राविधिक साझेदारी भएपनि औपचारिक घोषणा आज (शुक्रबार) मात्र भएको हो । सम्झौता अन्तर्गत सस्तो डिलको वेबसाइटमा फ्लिपकार्टका सामग्रीहरु किन्ने बिकल्प (अप्सन) हुने छ।
फ्लिपकार्टमा रहेको प्राइभेट लेवलबाट खरिद गर्दा १–२ दिनमै डेलीभरी पाउनेछन्। त्यस्तै फ्लिपकार्टको स्टोरबाट खरिद गर्दा भने २१ दिनसम्म डेलिभरी समय लाग्ने छ।
यसरी नेपालबाट खरिद गर्दा अहिले समित वस्तुहरुमात्र रहेका छन्। हालका लागि ५ हजार वस्तुहरु सस्तोडिलबाट खरिद गर्न सकिने छ। सामग्रीको उपलब्धतता बढाउने र डेलीभरी समय छोट्याउँदै जाने सस्तोडिलले जानकारी दिएको छ।
नेपाली ईकसर्म शपिँग प्लेटफार्म भन्दा भारतीय ईकमर्स प्लेटफार्ममा अत्याधुनिक र चाहेको समानहरु उपलब्ध हुन्छन् । फ्लिपकार्टमा भारतमा पाईने उच्चस्तरीय, गुणस्तरीय र आधुनिक समानहरु उपलब्ध छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…