कमाएको सबै सम्पती चोरले लग्यो, सिँगो परिवार भोकै
स्थानीय स्तरकै कुलतमा लागेका गाँजा, टयाब खाने टयापे युवाहरुको हात हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।

२०७७ भदौ ४ बिहीबार, राति ८:१८ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषामा चोरले घरको सबै सम्पति चोरेर लगेपछि परिवारमा रुवाबासी भएको छ ।
बुधबार (गएराती) धनुषाको क्षिरेशवरनाथ नगरपालिका वडा नं. ८ दिग्म्बरपुरमा घरबाट १० लाख बराबरको सम्पति चोरले लगेपछि शोकले खाना समेत परिवारजनले खाएका छैनन् ।
स्थानीय रामनारायण महतोको घरमा गएराती करिब १२ बजे तर्फ घरको पछाडि बाट सोईन (दुलो) बनाएर सबै सम्पति लगेको बताइएको छ ।
किस्ताबाट साहुको ऋण तिर्न लागि राखेको नगद ३ लाख १० हजार रुपैयाँ, ६६ तोला चाँदी , सुन ३ तोला सुन, तीन थान मोबाईल सहित चोरेर लगिएको घर धनि महतोले बताएको छ ।
स्थानीय स्तरकै कुलतमा लागेका गाँजा, टयाब खाने टयापे युवाहरुको हात हुन सक्ने प्रहरीले अनुमान गरेको छ । उनीहरुकै यस्ता उच्छृँखल गतिविधि हुन सक्ने अनुमान गरिएको र यसबारे अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।
सो क्रममा वडा नं. ८ का वडाध्यक्ष अशेश्वर महतोले –“यसरी गरिबको घरमा चोरी गरि दुख दिने समाजमा बिकृति गर्ने लाई कानुनको दायरामा ल्याउनु पर्यो । यथाशीघ्र चोरलाई पक्राउ गरेर कानुनको दायरामा आउनैपर्छ ।” भने ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…