सिरहामा दुईतर्फा झगडामा एक महिलाको मृत्यु, अन्तरजातीय विवाह कारक !
छोरीको मुख हेर्दा गाउँका केही व्यक्तिले वर्षौदेखि दुःख दिँदै आएका थिए ।

२०७७ भदौ ४ बिहीबार, बिहान ७:१८ बजे३ मिनेट पढाइ
न्यूज ब्यूरो, सिरहा । सिरहाको अर्नमा गाउँपालिका–५ कृष्णपुरको बेल्दरही टोलमा दुईतर्फा झगडा हुँदा कुटाईबाट एक महिलाको मृत्यु भएको छ ।
अर्नमा गाउँपालिका–५ कृष्णपुरको बेल्दरही टोलकी ५० वर्षिया सिता देवी राउतको कुटपिटबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । राउतको अनुहार र भित्रि भागमा चोट लागेर मृत्यु भएको प्रहरीले जनाएका छन् ।
उपचारको क्रममा राउतको जिल्ला अस्पताल सिरहाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता तथा डिएसपी विनोद घिमिरेले जानकारी गराए । तर स्थानीयहरुका अनुसार विपक्षीहरुको निर्घात कुटाईबाट सिताले घटनास्थलमै प्राण त्यागेकी थिइन् ।
कुमर राउत, बालदेव साह, सुलेखा राउत, लिला देवी राउत, सिताराम राउत लगायतका केही व्यक्तिहरुको समूहले साँझको समयमा गाली गर्दै कुटपिट गर्न थालेको रोहित राउतले बताए । घरका धेरै जसो व्यक्ति कामविषेशले बाहिर गएको मौका छोपी विपक्षीहरुले कुटपिट गर्दा सिता देवी ज्यान घटनास्थलमै गएको उनले दाबी गरे ।
विपक्षहरुको कुटपिटबाट गीता देवी राउत, रोहित राउत घाइेत समेत भएको प्रत्यक्षदर्शीहरुले बताएका हुन् । उनीहरुका अनुसार गाली गर्दै लाठी, मोटरसाईकल सोकरको पाइप तथा घरेलु हतियार सहित आएकाहरुले घरमा भेटाएकाहरुलाई निर्घात कुटपिट गर्न थाले ।
पोष्टमाडम पछि मृतक सितादेवीको शव दाहसंकारका लागि गाउँ लगिएको जिल्ला अस्पताल सिरहाले जनाएका छन् । मृतक राउतको अनुसार र शरिरको भित्रि भागमा चोट लागेर रक्तश्राव भएकोले मृत्यु भएको हुन सक्ने बताइएको छ ।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…