जनकपुरका एक शिक्षकको अवस्था नाजुक, उपचारको लागि डाक्टरले नै लगाए गुहार !
उनलाई काठमान्डौंसम्म थप उपचारको लागि हेलिकप्टर मार्फत भएपनि पठाइने जानकारी दिएका छन् ।

२०७७ भदौ ३ बुधबार, राति ११:०० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरका एक शिक्षक मनाङ जिल्ला अस्पतालमा उपचार सम्भव नभएको भन्दै रिफरको लागि आग्रह गरिएको छ ।
अस्पतालले नै एक प्रेस विज्ञप्ति जारी गर्दै जनकपुरधाम उपमहानगरपालिका वडा नं. ८ पीडारीचोक बस्ने ४२ बर्षिय रासलाल ठाकुरलाई बचाउन आग्रह गरेको हो । मनाङ जिल्ला अस्पतालमा उपचार सम्भव नभएको भन्दै उनलाई हेलिकप्टर मार्फत काठमान्डौंसम्म लैजान आग्रह गरिएको हो ।
मनाँगका कोरोना फोकल पर्सन डा. सँतोष अधिकारीले न्यूज ब्यूरोसँग कुराकानी गर्दै शिक्षक ठाकुरलाई दुई दिनदेखि उच्च ज्वरो, खोकी र स्वासप्रश्वासमा समस्या देखा परेको भन्दै उनलाई उपचारको लागि अन्य ठाउँमा लैजान आग्रह गरिएको बताएका छन् ।
लोकसेवाबाट नाम निकालेर धनुषाको धनुषाधाम नगरपालिका वडा नं. ५ मा अँग्रेजी बिषय पढाउँदै केहीदिन पछि मनाँग सरुवा भएको थियो । मनाँगको मनाँग निस्याँग गाउँपालिकाभित्र कार्यरत ठाकुरको अवस्था गत साउन २२ गतेदेखि नै बिग्रेको थियो ।
निरन्तर उपचाररत ठाकुरलाई स्वास्थ्य अवस्था बिग्रन थालेपछि अस्पतालले एक प्रेस विज्ञप्ति जारी गर्दै यथाशिघ्र सो अस्पतालबाट बाहिर लैजान आग्रह गरेको हो । सो अस्पतालमा उपचार सम्भव नहुने भनेर अस्पतालले स्वीकार गर्दै जतिसक्दो चाँडो अरु ठाउँमा लग्न आग्रह गरेको हो ।
.jpg)
सो क्रममा डा. देवराज घिमिरेले उनको ज्यान बचाउनको लागि मानव अधिकार रक्षकसँग समेत पहल जारी रहेको बताउँदै उनलाई अन्यत्र अस्पतालमा लगिने तयारी भइरहेको बताएका छ्न । उनको छातीमा निमोनिया सहित अक्सीजनको कमी भएको बताइएको छ ।
यथाशिघ्र उनले चाहिने उपचार नपाए ज्यान जाने सम्भावना रहेको बताइएको छ । न्यूज ब्यूरोका धनुषा प्रमुख पत्रकार बिनय कुमार यादवले जानकारी पाएलगत्तै विभिन्न निकायसँग समन्वय गर्ने कार्य जारी राखेका छन् ।
उनले ठाकुरलाई बचाउनको लागि सम्बन्धित सबै निकायसँग कुराकानी जारी रहेको तथा यथाशिघ्र उनलाई काठमान्डौंसम्म थप उपचारको लागि हेलिकप्टर मार्फत भएपनि पठाइने जानकारी दिएका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

लेखक
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…