प्रदेश २ : मन्दिरको पुजारीलाई गोली हानी हत्या !
कोरोना सक्रमित भेटिए पछि हिजो मात्रै नगरपालिका शिल गरिएको थियो।

२०७७ भदौ ३ बुधबार, राति १०:२४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नं. २ मा एक पुजारीलाई अज्ञात व्यक्तिले गोली हानी हत्या गरेको छ । प्रदेश २ को रौतहट जिल्लामा अहिले भर्खरै केही बेर सो घटना भएको हो ।
रौतहटको माधवनारायण नगरपालिका वडा नं. २ खेसरहिया स्थित हनुमान मन्दिरको पुजारी श्रीराम साहलाई गोली हानी हत्या गरिएको हो । खाना खाईरहेको अवस्थामा उनलाई करिब ९ः१५ बजेको समयमा गोली हानि हत्या गरिएको हो ।
उनको कन्चटमा गोली हानेर हत्या गरिएको छ । घटना भएलगत्तै अहिले एसपी सहितको टोली घटनास्थल पुग्न लागेको हो ।
कोरोना सक्रमित भेटिए पछि हिजो मात्रै नगरपालिका शिल गरिएको थियो।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…