सिरहाबाट १२ जुवाडे पक्राउ
जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता विनोद घिमिरेका अनुसार उनीहरु सिरहा, सप्तरी र धनुषाका छन् ।

२०७७ भदौ ३ बुधबार, बेलुकी ५:०० बजे१ मिनेट पढाइ
न्यूज ब्यूरो, सिरहा । सिरहाबाट प्रहरीले जुवा खेलिरहेको अवस्थामा १२ जना जुवाडेलाई पक्राउ गरेको छ ।
मँगलबार राती सिरहाको धनगढीमाई नगरपालिका–१३ भाल्टाबाट जुवा खेलिरहेको अवसस्था उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।
उनीहरुलाई गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय लहान र गोलबजारबाट खटिएको प्रहरीको संयुक्त टोलीले स्थानीय मदनबहादुर राईको घरमा कौडा जुवा खेलिरेहको अवस्थामा नगद तथा हस्ताक्षर गरिएको चेकसहित १२ जनालाई पक्राउ गरिएको जनाइएको छ ।
जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता विनोद घिमिरेका अनुसार उनीहरु सिरहा, सप्तरी र धनुषाका छन् । पक्राउ परेका १२ जनाकै नाम प्रहरीले सार्वजानिक गरेको छैन ।
जुवाखालबाट कौडा १६ थान, रु तीन लाख ६३ हजार ६४०, भारु चार हजार ८१० र हस्ताक्षर गरी राखिएको रु चार लाख ४८ हजार ३७३ को चेक तथा १४ थान मोबाइल बरामद भएको प्रहरी नायब उपरीक्षक घिमिरेले बताए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…