सुशान्त सिँह राजपूतको केसमा सुप्रिम कोर्टको CBI लाई मँजुरी
गत १३ जुनको राती सुशान्त सिँह आफ्नै डेरामा मृत भेटाएका थिए । उनले अभिनय गरको सबै फिल्महरु हिट नै हिट भएको छ ।

२०७७ भदौ ३ बुधबार, दिउँसो १२:४७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, मुम्बई । बलिवुड अभिनेता सुशान्त सिँह राजपूतको मुद्दालाई लिएर भारतको सर्वोच्च अदालतले केन्द्रीय अन्वेषण ब्यूरो (सिबिआई) लाई जाँचको मन्जुरी दिएको छ ।
विगत २ महिनादेख भारतीय सँचारमाध्यममा अभिनेता सुशान्त सिँह राजपुतको केसलाई लिएर चर्को बहसु सुरु भएको थियो । आज (बुधबार) भारतको सुप्रिम कोर्टले उनको मृत्यू प्रकरणमा सिबिआईलाई जाँच गर्न अनुमति दिएको छ ।
अदालतले आज विहान सुशान्त सिँह राजपूतको मुद्दा छानबिनको लागि सिबिआईले जाँच गर्ने नगर्ने विषयमा परेको मुद्दामा अदालतले हरियो झण्डी देखाएको छ । कोर्टले जाँचको अधिकार सिबिआईलाई दिएको छ ।
लामो समयदेखि सुशान्त सिँह राजपूतको परिवार र उनको फ्यानले सिबिआई जाँचको माग गरिरहेका थिए । कोर्टले बिहारमा दर्ज गरिएको प्राथमिक जानकारी रिपोर्ट (एफआईआर) लाई सही ठहर गर्दै मुम्बई प्रहरीलाई समेत जाँचको लागि सहयोग गर्न आदेश दिएको हो ।
सो मामिलामा सिँहको गर्लफ्रेण्ड भनिएकी रिया चक्रवर्तीलाई उनका फ्यानहरुले लक्षित गरेको छ । चक्रवर्तीको हात हुन सक्ने आशंका गरिएको छ । यद्यपी, यसबारे अब सिबिआईले जाँच गर्नेछ ।
कोर्टले मुम्बई प्रहरीले जाँचको साथै उनको मामिलामा सोधपुछ समेत गरिएको थियो । कोर्टले मुम्बई प्रहरीलाई सबै फाईल दस्ताबेज सिबिआईलाई हस्तान्तरण गर्न आदेश दिएको हो । यसका साथै, सुशान्तको मुद्दालाई बग्याउँन खोजको आरोप लागेको मुम्बई प्रहरीलाई ठुलो झटका लागेको छ ।
कोर्टको फैसला आए लगत्तै बलिवुडका कलाकारहरुले समेत ६६ दिनपछि सुशान्तको परिवारसँग न्याय हुने आसा जताएका छन् । उनीहरुले टवीट गर्दै सत्यको जीत हुनेमा विश्वास जनाएका छन् ।
गत १३ जुनको राती सुशान्त सिँह आफ्नै डेरामा मृत भेटाएका थिए । उनले अभिनय गरको सबै फिल्महरु हिट नै हिट भएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…