जनकपुर : मोटरसाईकल दुर्घटनामा युवकको घटनास्थलमै मृत्यू
उनको दुर्घटना कसरी भएको बारे छानबिन सुरु गरिएको प्रहरीले जनाएको छ ।

२०७७ साउन ३२ आइतबार, दिउँसो ३:१० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषामा सवारी दुर्घटनामा परी एक युवकको ज्यान गएको छ । धनुषाको रघुनाथपुरमा मोटरसाईकल दुर्घटनामा एक युवकको ज्यान गएको हो ।
आज (आईतबार) दिउँसो करिब २ बजेको समयमा सबैला नगरपालिका वडा नं. १३ रधुनाथपुरको कमला प्रोजेक्ट बिल्डिङग नजिकै मोटरसाईकल दुर्घटनामा परी ज्यान गएको हो ।
सो दुर्घटनामा सबैला नपा १३ बस्ने होटल सँचालक नानी बाबु दनुवार (अधिकारी) को छोरा अन्दाजी बर्ष २५ का सुरेन्द्र दनुवार (अधिकारी) को ज्यान गएको ईलाका प्रहरी कार्यालय सबैलाका प्रहरी नीरिक्षक राम कुमार यादवले जनाएको छ ।
ना ४७ प २१२४ नम्बरको मोटरसाईकलमा सवार उनको दुर्घटना कसरी भएको बारे छानबिन सुरु गरिएको प्रहरीले जनाएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…