बारागढीको पाँचौ गाउँसभा सम्पन्न, ३७ करोड बढी बजेट
न्यूज ब्यूरो, बारा । बाराको बारागढी गाउँपालिका खोपवा बाराको पौचौँ गाउँसभा आज (शनिबार) सम्पन्न भएको छ । उक्त गाउँसभाले आर्थिक वर्ष २०७७÷०७८ को नीति तथा कार्यक्रम वार्षिक बजेट गाउँपालिकाको सभाहलमा प्रस्तुत गरिएको छ । गाउँपालिकाको अध्यक्ष देवदत्त बछाड थारूको अध्यक्षता भएको उक्त पाचौँ गाउँ सभामा वडा नं।

२०७७ साउन ३१ शनिबार, राति ९:२८ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, बारा । बाराको बारागढी गाउँपालिका खोपवा बाराको पौचौँ गाउँसभा आज (शनिबार) सम्पन्न भएको छ ।
उक्त गाउँसभाले आर्थिक वर्ष २०७७÷०७८ को नीति तथा कार्यक्रम वार्षिक बजेट गाउँपालिकाको सभाहलमा प्रस्तुत गरिएको छ । गाउँपालिकाको अध्यक्ष देवदत्त बछाड थारूको अध्यक्षता भएको उक्त पाचौँ गाउँ सभामा वडा नं। ४ का वडा सदस्य धर्मन्द्र चौधरीले २०७७÷७८ को बजेट प्रस्तुत गरेका छन ।
आर्थिक वर्षमा आय तर्फ सघिय सरकारबाट प्राप्त बित्तिय समानिकरण अनुदान अन्तर्गत १० करोड, ३६ लाख, सशर्त अनुदान मध्ये शिक्षा, कृषि , पशु स्वास्थ्य तर्फ गरि जम्मा ११ करोड, ८० लाख, राजस्व बाँडफाँड तर्फ ६ करोड, ६३ लाख, ७० हजार, ८ सय, त्यैसगरी समपुरक अनुदान तर्फ ६४ लाख, प्रदेश सरकारबाट प्राप्त बजेट मध्ये बित्तिय समानिकरणबाट ७१ लाख, ६१ हजार, प्रदेश सशर्त तर्फ ८० लाख, प्रदेश बिशेष अनुदान तर्फ ३० लाख, र समपुरक अनुदान तर्फ २० लाख, त्यसैगरि आन्तरिक आम्दानी अनुमानित २८ लाख, २० हजार, ५ सय ५३, तथा गत आर्थिक आयरव्ययको बैँक मौजदात ६ करोड गरी आर्थिक वर्ष २०७७÷७८ को कुल बजेट ३७ करोड, ७३ लाख, ५२ हजार, ४ सय ३३ रूपैयाँको बजेट गाउँपालिकाको पाचौँ गाउँ सभामा प्रस्तुत गर्नु भएको छ ।
उक्त गाउँ सभामा गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी देवी राज, प्रमुख प्रशासकिय अधिकृत आमोद चौधरी, वडा नं।२ को वडा अध्यक्ष सुरेश प्रसाद चौधरी, २ को वडा अध्यक्ष कृष्ण प्रसाद चौधरी, ३ को छठु राउत अहिर, २ को रामकृपाल चौधरी , ५ को मेनेजर चौधरी, ६ को निरज कुमार साह, गाउँकार्यपालिका सदस्यहरू, गाउँपालिकामा कार्यरत बिभिन्न शाखाका प्रमुखहरू, सञ्चारकर्मी, जनप्रतिनिधि, कर्मचारीहरू लगायतको उपस्थिति रहेको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…