धनुषा साईन्स क्याम्पसका डा. रामस्वार्थ रायमाथि आर्थिक चलखेलको आरोप !
अध्यक्षलाई कुनै जानकारी नदिई सञ्चालक समितिको बैठक वस्ने तथा आर्थिक अनयिमितता समेत गरेको आरोप

२०७७ साउन ३० शुक्रबार, राति ८:१९ बजे४ मिनेट पढाइ
न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरको धनुषा साईन्स क्याम्पसका प्राध्यापक डा. राम स्वार्थ राय (राय सर) माथि आर्थिक अनियमितताको आरोप लगाइएको छ ।
क्याम्पसका सँचालक हिमालय शाहले एक प्रेस विज्ञप्ती जारी गर्दै आफूलाई क्याम्पसको सदस्य सचिव दाबी गर्दै आएको डा. राम स्वार्थ रायले क्याम्पसको खाताबाट आर्थिक अनियमितता गरेको आरोप लगाएका हुन् ।
धनुषा साईन्स क्याम्पस सञ्चालनमा सँचालक समितिका अध्यक्ष समेत रहेका शाहले एक्लै ४० प्रतिशत तथा बाँकी ६० प्रतिशत ७ जनाको मिलाएर रहेको उल्लेख गर्दै षडयन्त्र पूर्वक आफूलाई अनुपस्थिति देखाउँदै क्याम्पसको खाताबाट आर्थिक अनियमितता गरेको बुझिन आएको उल्लेख गरिएको छ ।
“प्रा. डा. रामस्वार्थ राय, श्री रामचन्द्र यादव, श्री किशोरी नायक, श्रीमति कैलाशदेवी यादव, श्री वौधनाथ प्रसाद साह, श्री विनोद कुमार साह र श्री ब्रम्हदेव यादव समेतको साठी प्रतिशत रकम लगानीमा स्थापना भएको धनुषा साईन्स क्याम्पसलाई विधिवत् सञ्चालनगर्नका लागि मेरो अध्यक्षतामा सञ्चालक समिति रहने गरी २०६३ सालमा उच्च माध्यमिक शिक्षा परिषद् बाट नियमावली समेत स्वीकृतगरी विधिवत सञ्चालनगर्दै आएकोमा विगत २०६८ साल चैत्र महिनादेखि उक्त क्याम्पस सञ्चालक समितिको सदस्य(सचिवको रुपमा नियुक्त प्रा।डा। रामस्वार्थ रायले मलाई कुनै जानकारी नै नगराई मेरो अनुपस्थिति देखाई गैरकानूनी रुपमा सञ्चालक समितिको बैठक गर्दै आउनु भएकोमा मैले त्यसरी नगर्नका लागि सचेत गराएकी थिए ।”– प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।
अध्यक्ष साहले आफूलाई कुनै जानकारी नै नगराइ विगत २०७० साल अशोज १६ गतेदेखि पुनः आफूलाई नै अनुपस्थिति देखाई आफूलाई सदस्य–सचिवको हैसियतमा सञ्चालक समितको बैठक राखि क्याम्पसलाई आर्थिक व्यभार समेत पर्नेगरी थुप्रै निर्णयहरु गरेको आरोप लगाएका छन् ।
क्याम्पसको आर्थिक गतिविधि समेत अपारदर्शी राख्ने कार्य मुख्य व्यक्ती प्रा. डा. रामस्वार्थ रायबाट भएको उल्लेख गर्दै उनले क्याम्पसको नियमावलीमा कतैपनि सञ्चालक अध्यक्षको अनुपस्थितमा सञ्चालक समितिको बैठक वस्न सक्ने व्यवस्था नभएपनि गैर कानुनी रुपमा बैठक बोलाएर क्याम्पसको आर्थिक कारोबारको अनियमितता गरेको उल्लेख गरिएको छ ।
विज्ञप्तिमा भनिएको छ –“अध्यक्षको अनुमतिले सदस्य–सचिवले बैठक बोलाउने व्यवस्था क्याम्पसको नियमावलीको नियम ५ को उपनियम (४) र नियम ७ को उपनियम (३) को देहाय (क) मा व्यवस्था हुँदाहुँदै सो व्यवस्थाको प्रतिकूल हुने गरी सञ्चालक अध्यक्षलाई अनुपस्थित देखाई आफूलाई सदस्य–सचिवको हैसियतमा क्याम्पसको बैठक तथा काम कारवाहीगर्दै आउनु भएको देखिएको हुँदा धनुषा साइन्स क्याम्पस, जनकपुरधामको नियमावली, २०६३ को नियम ७ को उपनियम (२) बमोजिम प्रा. डा. रामस्वार्थ रायको सदस्य–सचिवको २ वर्षे पदावधि समाप्त भइ सकेको र सञ्चालक समितिको निर्णयबाट प्रा. डा. रामस्वार्थ रायलाई नियम ७ को उपनियम (१) बमोजिम पुनः नियुक्ती नगरेको नहुँदा प्रा.डा. रामस्वार्थ राय सदस्य–सचिव नरहेको व्यहोराको जानकारी निजलाई गराई सकिएको व्यहोरा यहाँहरुलाई जानकारी गराउन चाहन्छु ।”


















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…