सुनिल ग्रोवर 'ग्याङ्ग्स अफ फिल्मिस्तान' लिएर आउँदैछन् हसाउन
प्रोमोमा देखिए अनुसार यसपटक सुनिल ग्रोवर निकै भिन्न अन्दाजमा देखिएका छन् ।

२०७७ साउन ३० शुक्रबार, दिउँसो ४:५२ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, भारत । भारतीय हास्यकलाकार सुनिल ग्रोवरको ठट्टा मन नपर्ने सायदै कोही होलान् ।
उनी एक कलाकारमात्रै नभई एक यस्ता पात्र हुन् जो हरेक पटक दर्शकको अनुहारमा मुस्कान ल्याउन सफल हुन्छन् ।
लामो समयदेखि सानो पर्दाबाट टाढा भएका सुनिल ग्रोवर एकपटक पुनः आफ्ना दर्शकलाई हँसाउन तयार छन् । सुनिल चाँडै नै नयाँ कार्यक्रममा देखिने भएका छन् ।
स्टार भारतमा ग्याङ्ग्स अफ फिल्मिस्तान नामको नयाँ कार्यक्रम सुरु हुँदैछ । कार्यक्रममा सुनिल ग्रोवरसँग शिल्पा शिन्दे, सुगन्धा मिश्रा, सिद्धार्थ सागर, उपासना सिंह र जतिन सुरीजस्ता कलाकार देखिनेछन् ।
शोको पहिलो प्रोमो रिलिज भइसकेको छ । प्रोमोमा देखिए अनुसार यसपटक सुनिल ग्रोवर निकै भिन्न अन्दाजमा देखिएका छन् । उनी एक डनको भूमिकामा देखिनेछन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…