धनुषाः निषेधाज्ञा तोडेर कोरोनामा काँग्रेसको प्रदर्शन
उनीहरु स्थानीय प्रशासनले महेन्द्रनगरमा लगाएको निषेधाज्ञा तोडेर समाजिक दुरी पनि कायम नराख्दै भीडभाड गरी प्रदर्शन गरेका हुन् ।

२०७७ साउन ३० शुक्रबार, दिउँसो ४:०५ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–२ स्थित महेन्द्रनगरमा गाईगोठमा भएको आगलागीको घटनामा आफ्नो कार्यकर्तालाई फसाएको भन्दै काँग्रेसले प्रदर्शन गरेको छ ।
गएको साउन २४ गते स्थानीय नेपाल कमयुनिष्ट पार्टी (नेकपा) नेतृ पल्टि देवी यादवको घरमा भएको आगलागीको घटनामा राजनीति पूवाग्रहले फँसाएको भन्दै प्रदर्शन गरिएको हो ।
नेृत यादवले आफ्नो राजनीति प्रतिशोध साध्न काँग्रेस कार्यकर्ता देवु यादव र सुरेश यादवलाई फसाएर प्रहरीले मुद्दा दर्ता गरेको भन्दै उनीहरुले ईलाका प्रहरी कार्यालय महेन्द्रनगरको अगाडी प्रदर्शन गरेका हुन् ।
सो आगलगीमा परेर ३ वटा गाई जलेर मरेको थियो भने ३ गाई अझै गम्भिर रुपले घाईते भएको छ । उक्त प्रकरणमा आगो सल्केको वा कसैले पूर्वाग्रह रुपमा लगाएको भन्ने बारे अझै पुष्टि हुन नसक्दै नेतृ यादवले काँग्रेसका कार्यकर्ताहरुलाई फँसाएको भन्दै प्रहरी विरुद्ध प्रदर्शन गरिएको छ ।
‘गोठमा काम गर्ने सुस्त मनस्थिती भएकी महिलालाई लामखुट्टे धपाउन परालमा आगो बालेकी थिइन् । सबैजना सुतिसकेका थिए। त्यहीँ परालबाट आगो सल्केर प्लास्टिकको छाना भएको घरमा आगो लाग्यो । त्यहीँ क्रममा एउटा गाई, बाछो, एउटा बाछी मर्यो र केही घाइते भए,’ प्रदर्शनमा उत्रेका स्थानीय काँग्रेस नेता राम चन्द्र साहले भने ।
उनका अनुसार पहिलेदेखि गाउँमा भएको विवादका कारण रिसिबी साध्न र राजनीतिक प्रतिशोधले दुबैजनालाई फसाइएको हो ।
नेकपा नेता तथा प्रतिनिधिसभा सांसद रघुवीर महासेठको दबाबमा प्रहरीले दुबैजनामाथि झुठो मुद्दा चलाएको भन्दै मुद्दा फिर्ता नलिए कडा आन्दोलन गर्ने उनले चेतावनी दिए ।
उक्त घटनामा आफ्नो कार्यकर्ताको संलग्न नरहेको भन्दै कांग्रेसले पक्राउ परेकालाई रिहा गरी सत्यतथ्य छानविन गरी दोषीमाथि कारवाही गर्नुपर्ने प्रहरीसँग माग गरे ।
उनीहरु स्थानीय प्रशासनले महेन्द्रनगरमा लगाएको निषेधाज्ञा तोडेर समाजिक दुरी पनि कायम नराख्दै भीडभाड गरी प्रदर्शन गरेका हुन् । कोरोनाको सँक्रमण अहिले समुदाय स्तरमा फैलिसकेको छ ।
यता ईलाका प्रहरी कार्यलय महेन्द्रनगरले जाहेरी अनुसारमा हामी पक्राउ गरेका छौ। अनुसन्धान भैइरहेको प्रहरी निरक्षक पप्पु नायकले बताए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

लेखक
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…