सुनको भाउ २४०० ले बढयो
महासङ्घले आजका लागि चाँदीको मूल्य प्रतितोला र एक हजार २९५ तोकेको छ ।

२०७७ साउन २९ बिहीबार, दिउँसो १२:५७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । नेपाली बजारमा बुधबार एकै दिन प्रतितोला रु छ हजार २०० ले घटेको पहेँलो धातुको मूल्य बिहिबार (आज) भने दुई हजार बढीले वृद्धि भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज स्थानीय बजारमा सुनको मूल्य प्रतितोला रु दुई हजार ४०० ले बढेको छ । बुधबार प्रतितोला रु ९५ हजार ४०० मा झरेको छापावाला सुनको मूल्य आज बढेर प्रतितोला रु ९७ हजार ८०० पुगेको छ ।
यस्तै तेजाबी सुनको मूल्य पनि प्रतितोला रु ९४ हजार ९०० बाट बढेर रु ९७ हजार ३०० पुगेको छ ।
तोलामा एक लाखमाथि पुगेको पहेँलो धातुको मूल्य केही दिनयता निरन्तर घटेर आज फेरि वृद्धि भएको हो । यही साउन २३ गते स्थानीय बजारमा पहेँलो धातुको मूल्य अहिलेसम्मकै उच्च विन्दुमा पुगेको थियो ।
सो दिन छापावाला सुन प्रतितोला रु एक लाख तीन हजार ५०० र तेजाबी सुन प्रतितोला रु एक लाख तीन हजार पुगेको थियो ।
चाँदीको मूल्यमा पनि प्रतितोला रु ८५ वृद्धि भएको छ । महासङ्घले आजका लागि चाँदीको मूल्य प्रतितोला र एक हजार २९५ तोकेको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…