मुख्यमन्त्री राउत जी, अझै कति ज्यान लिने ?
जनता सँग भेदभाव कहिले सम्म ? कोरोना भाइरसको फैलावट रोक्ने अचूक उपायका रुपमा क्वारेन्टाइन नै हो। त्यसैअनुसार मुलुकभर कोभिड १९ सङ्क्रमणको जोखिम बढ्दै जाँदा तीनै तहका सरकारहरुले लकडाउन शुरु हुने बित्तिकै क्वारेन्टाइन पनि सञ्चालन गर्न थालेको थियो । कोरोनाको सङ्क्रमण एक पछि अर्को ठाउँमा फैलिएसँगै यसको सङ

२०७७ साउन २८ बुधबार, बेलुकी ५:५७ बजे५ मिनेट पढाइ
जनता सँग भेदभाव कहिले सम्म ? कोरोना भाइरसको फैलावट रोक्ने अचूक उपायका रुपमा क्वारेन्टाइन नै हो। त्यसैअनुसार मुलुकभर कोभिड १९ सङ्क्रमणको जोखिम बढ्दै जाँदा तीनै तहका सरकारहरुले लकडाउन शुरु हुने बित्तिकै क्वारेन्टाइन पनि सञ्चालन गर्न थालेको थियो ।
कोरोनाको सङ्क्रमण एक पछि अर्को ठाउँमा फैलिएसँगै यसको सङ्क्रमणबाट जोगिन सङ्घीय सरकारले देशैभर लकडाउन र सबै तहका सरकारहरुलाई क्वारेन्टाइन निर्माण गर्न र सङ्क्रमणसँगको एक्सपोजरबाट आएकाहरुलाई निश्चित समय क्वारेन्टाइनमा बसाल्न आदेश जारी गरेको थियो ।
देशमा सबैभन्दा पहिला चीनको वुहानबाट ल्याइएका विद्यार्थीहरुलाई क्वारेन्टाइनमा राखेयता कोरोना फैलिएको देशबाट आएका मानिसहरुलाई क्वारेन्टाइनमा राख्न थालिएको थियो।भारतमा तीव्र गतिमा कोरोना फैलिदै गर्दा त्यहाँ रहेको आम नेपालीहरु ठुलो संख्यामा पैदलै आफ्नो देश नेपाल फिर्ता हुन्थालेपछि उनीहरू लाई प्रदेश २ र स्थानीय तहले संचालन गरेको मापदण्ड बिनाको क्वारेन्टाइनमा राखिनथालियो।
जहाँ कुनै स्तरीय सुविधा थिएनन् ।तर पनि केही हदसम्म बाहिर बाट आएको मानिसहरु व्यवस्थापन चाहिँ भैरहेको थियो।प्रदेश २ को अधिकान्श क्वारेन्टाइनहरु त न्युनतम मापदण्ड पूरा गर्ने खालको पनि थिएनन् ।
लकडाउन शुरुआत भए लगतै सरकारले नेपालमा आउनेदिनमा ठुलो संख्या कोरोना संक्रमण हुने संकेत देखाउदै त्यही बेला अझै ठुलो क्षमताको क्वारेन्टाइनहरु राख्ने कुरा गरेको थियो । प्रदेश २ सरकारले क्वारेन्टाइनको व्यवस्थापनको लागि आवश्यक निर्देशिका पनि बनाएको थियो।तर त्यो निर्देशिका र सरकारको ठुलो ठुलो वाचाहरु सबै झुठो सावित भए ।
जबकि कोरोना सङ्क्रमण प्रभावित मूलुक–प्रदेश–स्थानीय तहबाट आएका मानिसहरुलाई उनीहरु भित्रन चाहेको देश–प्रदेश–स्थानीय तहले आफ्नो ठाउँमा कोरोना सङ्क्रमण नफैलियोस् भनी आगमनकर्तालाई गन्तब्यमा पुग्नु अगावै स्क्रीनिङका लागि रोकेर राख्ने प्रयोजनका लागि बनाइएको एक मात्र ठाउँ क्वारेन्टाइन नै थियो ।
सङ्क्रमण छैन भन्ने पुष्टि भैसकेपछि मात्र सो स्थानबाट उनीहरुलाई गन्तब्य स्थल जान दिइन्थ्यो।जो चाहि कोरोना संक्रमण पोजेटिभ हुन्थ्यो उसलाई तुरुन्तै आइसोलेशन राख्ने गरिन्थ्यो ।त्यो आइशोलेशन पनि अव्यवस्थित नै थियो र छ।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…