ढल्केवरका ईन्सपेक्टर कार्की र ठेकेदार सिँहको कनेक्सनले कैयौं ज्यान गयो ?
एक साताभित्रै सुमन महतो, अनिल महतो र अनिल महतोको यीनै ठेकेदारहरुले खनेको खाल्डोमा डुबेर ज्यान गएको छ ।

२०७७ साउन २७ मंगलबार, राति ९:३६ बजे२ मिनेट पढाइ
न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको ढल्केवरका प्रहरी निरीक्षक (ईन्स्पेक्टर) तीर्थ कार्की र नामुद ठेकेदार बिजेन्द्र सिँहको कनेक्सनले कैयौं बालबालिकाको ज्यान गएको टिकाटिप्पणी गरिएको छ ।
ईन्स्पेक्टर कार्की र ठेकेदार सिँहको कनेक्सनले खनिएको अबैद्य उत्खननका खाल्डोमा डुबेर केही दिनमै ३ जनाको ज्यान गएको छ । समाजिका सँजालहरुमा प्रहरी नीरिक्षक तीर्थ कार्कीको सेटिँगले अवैद्य रुपमा प्रावधान भन्दा बढी गहिरो खनिएको खाल्डोमा डुबेरै उनीहरुको ज्यान गएको छ ।
धनुषाको मिथिला नगरपालिका वडा नं. ६ मा क्रसर व्यवसायीले प्रहरी प्रशासनकै मिलेमतोमा त्यहाँबाट १५ देखि २० फिट गहिरोसम्म खनेर गिट्टीबालुवा झिकेका थिए। त्यो खाल्डो वर्षाको बेला पानी जमेर पोखरी जस्तै बनेको छ।
मिथिला नगरपालिकाको विभिन्न वडामा नदी र खोलाको किनार र खोलामा खनिएको अवैद्यानिक उत्खननले बनेको खाल्डोमा केही दिनमै ३ जनाको ज्यान गएको छ । ढल्केवरका ईन्स्पेक्टर तीर्थ कार्की र प्रहरी प्रशासनसँग सेटिँगमा अवैद्यानिक रुपले उत्खनन गर्दै आएका उत्खनन माफिया ठेकेदार बिजेन्द्र सिँहको अवैद्यानिक कनेक्सनले उनीहरुको ज्यान गएको टिकाटिप्पणी गरिएको छ ।
सरकारले चारफिट गहिरोसम्म खनेर मात्र गिट्टीबालुवा झिक्न ठेकेदारलाई अनुमति दिने गरेको छ। तर, अवैद्यानिक रुपमा १५ देखि २० फिटसम्म गहिरो खनेका कारण उनीहरुको ज्यान गएको छ । प्रत्येक वर्ष त्यही खाल्डोहरुमा बालबालिकाको ज्यान जाने गरेको छ ।
तर, अवैद्यानिक र कानुन विपरित रुपमा उत्खननको लागि ठेकेदार सिँहलाई ढल्केवरका ईन्स्पेक्टर तीर्थ कार्की सघाउँदै आएका छन् । प्रहरीकै नजर अगाडी अवैद्य उत्खनन हुँदा प्रहरीले कुनै प्रकारको कारवाही गर्न सकेका छैनन् । प्रहरीले चाहे एक साता भित्रै सबै यस्ता कार्यलाई रोक्न सकिन्छ तर, ईन्स्पेक्टर कार्कीको मिलामत्तोमा ठेकेदार सिँह जस्ता अन्य कैयौंको मृत्यूको व्यापार फस्टाएको छ ।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…