सुरक्षित गर्भपतनले स्वास्थ्य समस्या न्यून
झापा, १९ माघ । सुरक्षित गर्भपतनका कारण महिलामा देखिने स्वास्थ्य समस्यामा कमी भएको छ । स्वास्थ्य सम्बन्धी चेतना वृद्धि र सुरक्षित गर्भपतन गराउनेको संख्या बढेसँगै स्वास्थ्य समस्यामा कमी आएको हो । जिल्ला जनस्वास्थ्य कार्यालयका अनुसार जिल्लामा पछिल्लो समय सुरक्षित गर्भपतन गराउने बढेका छन् । जसका कारण मह

२०७४ माघ १९ शुक्रबार, दिउँसो २:१० बजे१ मिनेट पढाइ
झापा, १९ माघ । सुरक्षित गर्भपतनका कारण महिलामा देखिने स्वास्थ्य समस्यामा कमी भएको छ ।
स्वास्थ्य सम्बन्धी चेतना वृद्धि र सुरक्षित गर्भपतन गराउनेको संख्या बढेसँगै स्वास्थ्य समस्यामा कमी आएको हो ।
जिल्ला जनस्वास्थ्य कार्यालयका अनुसार जिल्लामा पछिल्लो समय सुरक्षित गर्भपतन गराउने बढेका छन् ।
जसका कारण महिलामा गर्भपतनपछि हुने अधिक रक्तस्राव, शारीरिक कमजोरी लगायतका स्वास्थ्य समस्यामा कमी हुन थालेको हो ।
असुरक्षित रुपमा गर्भपतन गराउदा महिलाको मृत्यु समेत हुने गरेकाले यस्को नियन्त्रणका लागि सरकारले निःशुल्क सुरक्षित गर्भपतन सेवा दिन थालेको कार्यालयका जनस्वास्थ्य अधिकृत मधुसुधन कोइरालाले बताउनुभयोे ।
चालु आर्थिक वर्षको साउनयता जिल्लाका एक हजार ५२१ जनाले सुरक्षित गर्भपतन गराएको उक्त कार्यालयका तथ्यांक सहायक तोयानाथ दाहालले जानकारी दिनुभयो ।
जसमध्ये ११३ महिलामा स्वास्थ्य समस्या देखिएकामा समाधान गरिएको दाहालले बताउनुभयो ।
आव ०७१÷७२ मा तीन हजार ४३२ जनाले सुरक्षित गर्भपतन गराएका थिए । उनीहरुमध्ये ६७२ जनामा स्वास्थ्य समस्या देखिएको थियो । त्यसपछि आव ०७२÷७३ मा चार हजार २०७ जनाले सुरक्षित गर्भपन गराएका थिए । जुन संख्या अघिल्लो आर्थिक वर्षको तुलनामा ८२५ ले बढी हो ।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…