कोरोनाबाट मृतक गार्डको ४ मलामी (कठियारी), एकले सभामै बाँडेको थिए नास्ता !
प्रशासनकै चरम लापरवाहीले कोरोना सँक्रमितको शवलाई रिपोर्ट आउनु अघि नै परिवारजनलाई जिम्मा दिएको थियो ।

२०७७ साउन २६ सोमबार, दिउँसो ४:४३ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरमा मृत्यूपछि कोरोना पुष्टि भएका गार्डको अन्तिम सँस्कारमा ४ जना मलामी सहभागी भएको खुलेको छ ।
कोरोनाको आशंका भएपनि प्रशासनले अस्पतालका सेकुरिटी गार्डको शव (लास) लाई परिवारजनलाई जिम्मा आईतबार नै लगाएको थियो । तर, सोमबार कोरोना पुष्टि भएपछि अहिले हलचल भएको छ ।
कोरोना सँक्रमणबाट मृत्यू भएपछि मृतकको लासलाई व्यवस्थित तरिकाले गाडने गरिन्छ । तर, धनुषा प्रशासनले स्वाब सँकलन गरी रिपोर्ट नआउँदै लासलाई परिवारजनको जिम्मा लगाएपछि परिवारजनले आईतबार अन्तिम सँस्कार गरिदिए ।
परिवारजनले जनकपुरको गँगासागरदेखि दक्षिण डीलमा रहेको स्वर्गद्धारी (भूतनाथ मन्दिर परिसर) मा शव जलाइदिएका छन् । कोरोना सँक्रमित व्यक्तिको शव जलाउन नहुने प्रावधान भएपनि स्थानीय प्रशासनको लापरवाहीले कोरोना सँक्रमितको शवलाई जलाइएको छ ।
शव जलाउनको लागि मृतकका दुई छोरा, एक ज्वाई र एक भतिजो गरी ४ जना मलामी गएका थिए । कोरोना सँक्रमणको आशंकामा गाउँबाट कोही पनि शव जलाउन नआएपछि ४ जनाले शव जलाएका थिए ।
जसमा मृतकका जेठा छोरा सँजय मण्डल, कान्छो छोरा अमित मण्डल, उनको ज्वाई र भतिजो धर्मराज मण्डल सहभागी भएका थिए । जानकारी अनुसार, केही दिन अघि मात्र मृतको गाउँ धनुषाको मिथिला बिहारी नगरपालिका वडा नं. ५ स्थित रहेको लालेश्वर युवा कमिटिको पदस्थापना कार्यक्रममा करिब अढाई सय जनालाई खाजा (नास्ता) वितरण गरेका थिए ।
मृतक मृत्यूको दुई दिन अघि नै आफैं नै गाउँमा पसलबाट समान ल्याउने, समूहमा बसेर गफगाफ गर्दै आएका थिए ।
कोरोना सँक्रमित (मृतक) जनकपुरको विनयतारा फाउण्डेशनबाट विदा भएको समयमा घरमा परिवारजनसँग रहँदै आएका थिए । सोही गाउँका चिकित्सक अमिन्द्र साहसँग समेत उनी नियमित रुपमा चेकजाँच गराइरहेका थिए ।
मृतको प्रत्यक्ष सम्पर्कमा अस्पतालका कर्मचारी, उनका परिवारजन, चिकित्सक अमिन्द्र साह, भतिजो धर्मराज मण्डल र उनको ज्वाई समेत आएको देखिएको छ । अहिले प्रशासन कन्टयाक्ट ट्रासिँग गरी मलामी जानेहरुलाई खोजी गरिरहेको छ ।
तर, प्रशासनकै चरम लापरवाहीले कोरोना सँक्रमितको शवलाई रिपोर्ट आउनु अघि नै परिवारजनलाई जिम्मा दिएको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

लेखक
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…