कोरोना विरामीको लागि हेलिकप्टर स्टैण्डवाय राख्नुस : मुख्यमन्त्री राउत
प्रदेश नं. २ मा कोरोना उपचार सम्बन्धमा कुनै कमि हुन नदिन माग

२०७७ साउन २५ आइतबार, बेलुकी ५:५८ बजे१ मिनेट पढाइ
न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नं. २ का मुख्यमन्त्री मो. लालबाबु राउतले यहाँका कोरोना सँक्रमितको लागि हेलिकप्टर स्टैण्डवाय राख्नुपर्ने माग गरेका छन् ।
प्रदेश नं. २ मा कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि संघीय सरकारलाई ध्यानाकर्षण गराउने क्रममा मुख्यमन्त्री राउतले आज (आईतबार) एउटा हेलिकप्टर स्टैण्डवाय राख्न आग्रह गरेका छन् ।
मुख्यमन्त्री राउतले प्रदेश नं. २ मा रहेका गम्भिर विरामीलाई तत्काल काठमाडौं ल्याउने गरी हेलिकप्टर स्टाण्डबाई राख्न आग्रह गरेको उनका स्वकीय सचिव दिपक यादवले जानकारी दिएका छन् । प्रदेश नं. २ मा कोरोना उपचार सम्बन्धमा कुनै कमि हुन नदिन माग गरेको यादवले बताए ।
मुख्यमन्त्री राउतको नेतृत्वमा सामाजिक विकास मन्त्री नवल किशोर साह र मुख्य न्यायाधिवक्ता दिपेन्द्र झाको टोलीले आज काठमाडौंस्थित सिंहदरबारमा संघीय उपप्रधानमन्त्री इश्वर पोखरेल, स्वास्थ्यमन्त्री भानुभक्त ढकाल र श्रममन्त्री रामेश्वर रायसंग भेट गरी कोरोना भाइरस रोकथामका लागि विशेष प्याकेज ल्याउन आग्रह गरेको छ ।
छलफलका क्रममा तत्काल विरगंज नेशनल मेडिकल कलेजमा कोभिड उपचारका लागि ५०० वेडको आइसोलेसन वार्ड तुरन्त व्यवस्थापन गर्नेगरी संघीय सरकारबाट निर्णय गरिने उपप्रधानमन्त्री पोखरेलले सुनिश्चित गराएका हुन् ।
त्यसैगरी, प्रदेश नं. २ अहिलेको अवस्थामा अति प्रभावित भएकोले तत्काल विशेष प्याकेज ल्याउनुपर्ने तथा विशेष ध्यान दिन टोलीले आग्रह गरेको छ ।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…