नेकपा प्रदेश सदस्य यादवको घरमा आगो, गाई सहित बाछाबाछी जले !
ईन्स्पेक्टर पप्पु नायकले घटनाको बारेमा अनुसन्धान थालिएको बताएका छन् ।

२०७७ साउन २५ आइतबार, दिउँसो १२:४१ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषामा गएराती घरमा आगलगी हुँदा गाई सहित बाछाबाछी जलेको छ । प्रदेश नं. २ को नेकपा प्रदेश सदस्य एवम् नेतृ पल्टी देवी यादवको घरमा गएराती आगलगी भएको हो ।
सो आगलगी परेर बाँधिएको एक गाई, १ बाछा र १ बाछी सहित ३ जनावर जलेर मरेका छन् । यसका साथै, ३ वटा गाईको अवस्था गम्भिर रहेको जनाईएको छ ।
धनुषाको क्षीरेश्वरनाथ नगरपालिका वडा नं. २ बस्ने नेतृ यादवको घरमा गएराती कसैले आगो लगाइदिएको आरोप लगाइएको छ । गएराती करिब १२ बजेको समयमा आगजनी गरिदिएको आरोप लगाइएको छ ।
यसबारे ईलाका प्रहरी कार्यालय महेन्द्रनगरमा ईन्स्पेक्टर पप्पु नायकले घटनाको बारेमा अनुसन्धान थालिएको बताएका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…