बलिवुड अभिनेता सँजय दत्त अस्पताल भर्ना
सँजय दत्त अहिले आफ्नो परिबारबाट केही समयदेखि टाढा बस्दै आएका छन् ।

२०७७ साउन २४ शनिबार, राति ११:०६ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, मुम्बई । बलिवुडका चर्चित अभिनेता सँजय दत्तलाई अस्पताल भर्ना गरिएको छ । उनलाई मुम्बईको लीलाबती अस्पतालमा भर्ना गरिएको छ ।
उनको स्वास्थ्यमा खराबी आएपछि उनलाई लीलाबती अस्पतालमा भर्ना गरिएको हो । जानकारी अनुसार, सँजय दत्तलाई साँस प्रश्वासमा समस्या देखिएको छ । यद्यपी, उनको कोरोना टेष्ट नेगेटिभ आएको छ ।
अभिनेता दत्तलाई कोभिड अस्पतालमा भर्ना गरिएको हो । सबै ठिकठाक रहे भोली नै उनलाई अस्पतालबाट डिस्चार्ज गरिने अस्पताल श्रोतलाई उदृत गर्दै भारतीय सँचारमाध्यमहरुले जनाएको छ ।
सँजय दत्त अहिले आफ्नो परिबारबाट केही समयदेखि टाढा बस्दै आएका छन् । लकडाउनदेखि नै उनका छोराछोरी र श्रीमति दुबईमा बस्दै आएको छ । लकडाउनका कारण भेट गर्न पाएका छ्र्रैनन भने आफ्नो परिवारका सदस्यलाई सँजय दत्त अहिले मिस गरिरहेका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…