सुत्केरी प्रकरण : मृतक सुत्केरीलाई पोष्टमार्टमकै लागि जनकपुरबाट धरान !
तर, यस काण्डमा उल्टै जनकपुर प्रादेशिक अस्पतालबाट उठाएर बलपूर्वक धरान पोष्टमार्टमको लागि लगिएको

२०७७ साउन २४ शनिबार, दिउँसो ४:०२ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । गत विहिबार राती जनकपुरको रामजानकी हस्पिटलका डाक्टरको गलतीले मृत्यू भएकी मृतक सुत्केरीलाई जनकपुरबाट धरान लगिएको छ ।
जनकपुरको प्रादेशिक अस्पतालमै सबै पोष्टमार्टम हुने सुविधा भएपनि बलपूर्वक मृतकको शवलाई पोष्टमार्टमको लागि धरान लगिएको छ । धरान भने उनको मृतक सुत्केरीकी ससुरा पक्षले लगेको जनाइएको छ ।
जनकपुर अञ्चलको विभिन्न ठाउँ सहित धनुषा र महोत्तरीबाट पोष्टमार्टमको लागि जनकपुरको प्रादेशिक अस्पतालमा शव ल्याउने गरिन्छ । तर, यस काण्डमा उल्टै जनकपुर प्रादेशिक अस्पतालबाट उठाएर बलपूर्वक धरान पोष्टमार्टमको लागि लगिएको छ ।
रामजानकी हस्पिटका डाक्टरहरुले सुत्केरीको शरिरमा फरक समुहको रगत चढाएपछि महोत्तरीको गौशाला नगरपालिका वडा नं. ११ बस्ने २३ बर्षिय गँगा देवी महतोको अस्पतालमै मृत्यू भएको थियो । शुक्रबार राती मृतकको माईती पक्षले दोषीलाई कारवाहीको माग गरिरहे भने ससुरा पक्षले अस्पतालसँग ५ लाख रुपैयाँ लिएर सहमति गरेका छन् ।
अस्पतालसँग सहमति गरे लगत्तै सुत्केरीबाट जन्मेकी शिशुलाई समेत शुक्रबार राती नै जिउँदै फाल्ने योजना बनाइएको बुझिएको छ । ससुरा पक्षले रकमको लोभ र छोरी भएकोले फाल्ने योजनामा रहेको आरोप माईती पक्षले लगाएको छ ।
सुत्केरी मृत्यू प्रकरणमा ट्वीस्ट : जिउँदै बच्चा पनि फाल्ने थियो योजना ?
यसपछि आज (शनिबार) दिउँसो १ बजे नै मृतकको शवलाई पोष्टमार्टमको लागि प्रादेशिक अस्पतालबाट उठाएर ससुरा पक्षबाट राजेश महतो र उनका ससुराले समेत धरान लगेको बताइएको छ ।
बाहिरबाट आउने शवलाई जनकपुर प्रादेशिक अस्पतालमा पोष्टमार्टम गर्ने भएपनि यहाँबाट उठाएर पोष्टमार्टमको लागि धरान लगेपछि विभिन्न शंका उत्पन्न भएको छ । रामजानकी अस्पतालको दबाब, प्रभाव र रकमको लोभमा मृत्यूको कारण ढाकछोप गर्न सेटिँगमा धरान लगिएको बुझिएको छ ।
रामजानकी अस्पतालका सँचालकलाई धरान अस्पतालमा चिनजान भएको र सोही अनुरुप मृत्यूको असली कारण ढाकछोप गर्नकै लागि जनकपुरबाट आकस्मिक रुपमा उठाएर धरान लगिएको माईती पक्षले आशंका गरेको छ ।
गलत रगत चढाएर सुत्केरीको ज्यान लिने दोषीमाथि कडा कारबाही र क्षतिपुर्तिको माग गर्दै परिवारजनले २४ घण्टासम्म शव उठाउन दिएन । तर शुक्रबार अस्पताल र मृतक परिवारबिच दोषीमाथि कारबाही प्रक्रियामा नजाने सर्तमा पाँचलाख रुपैयाँमा दुबैपक्षबिच डिल भएको हो ।
त्यसपछि शनिबार बिहान सवको मुचुल्का गरी मृतक परिवारले शव उठाउन दिएको छ । अहिले सुत्केरीको शव जनकपुरको प्रादेशिक अस्पतालबाट उठाएर पोस्टमार्टमको लागि विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…