गाउँमा नागलाई मारेपछि बदला लिन नागिनले २६ जनालाई डँसिन !
गाउँमा अहिले झारफुक गर्ने धामी झाँक्रीहरु पनि जान साहस गरेका छैनन भने सिँगो गाउँ नै नागिनको डरले त्रासमय बनेको छ ।

२०७७ साउन २३ शुक्रबार, राति ११:३१ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, युपी । २१ सौं शताब्दीमा पनि नाग नागिनको कथामा विश्वास नगर्नेहरुको लागि एक गाउँको ठुलो घटना बाहिर आएको छ । नागलाई मारेपछि नागिनले बदला लिन २६ जनालाई डँसेकी हुन् ।
यो कुनै फिल्मी कहानी होईनन यथार्थ घटना हो । भारतको उत्तर प्रदेश राज्यको बहराइच भन्ने जिल्लामा एक नागिनले नाग मारेको बदलामा दुई दिनमै २६ जनालाई डँसेकी हुन् । स्थानीयका अनुसार नागपँचमीको दिन नागलाई मारेपछि आवेगमा आएकी नागिनले २६ जनालाई डँसेकी हुन् ।
नागलाई मार्ने व्यक्ति र उनका आफन्तजनहरुलाई खोजी खोजी डँस्ने गरेको भारतीय सँचारमाध्यमहरुले उल्लेख गरेको छ । उत्तर प्रदेशको बहराइच जिल्लाको रुपईडीहा थानाका बाबागँज ईलाका स्थित पर्ने एक गाउँमा सो घटना भएको हो ।
बर्षायाम भएकोले मोटो सँख्यामा जहिरला सर्पहरु अहिले निस्कने क्रम पनि जारी छ । जिल्लाको शंकरपुर, चिलबिला, बेलभरिया सहित केही गाउँमा दर्जन भन्दा बढी पशुहरुलाई समेत सर्पहरुले डँसेको छ ।
सोही गाउँमा स्थानीय ईबरार नामक व्यक्तिले पशुलाई चारा हाल्न गइरहेको बेला एक सर्पले उनलाई टोक्न खोजेको थियो । त्यसपछि इबरार सहित केही गाउँलेले सो सर्पलाई नागपँचमीकै दिन मारेपछि ती सर्पको जोडी अहिले बदला लिन २६ जनालाई डँसेकी हुन् ।
यस घटनापछि दुई दिनमै स्थानीय सँदीप, गुलाबदेवी, शीला देवी, माया देवी, झल्ले, नेहा, धर्म प्रकाश, विपिन, चिरकू, भागीरथ की पत्नी, नगरिया, बैधे, पवन समेत २६ जना गाउँवासीलाई डँसेकी हुन् । सो क्रममा स्थानीय मँुशी रामको मृत्यू भएको छ ।
स्थानीयका अनुसार, नाग पँचमीको दिन नै गाउँ बाहिरको मन्दिरमा रहेको नागजोडी मध्ये नागलाई गाउँलेहरुले मिलेर मारेपछि नागिनले अहिले बितण्डा मच्चाएकी छन् । रिसले चुर भएकी नागिनले डरले धेरै जनाले गाउँ समेत छाडेर भागेका छन् ।
ती नागिनलाई समात्न स्थानीयहरुले सँपेरालाई बोलाएपनि सँपेराहरुले अहिले एक मात्र हैन कैयौं सर्प आउने भन्दै टाल्दै आएका छन् । पीडितहरुका अनुसार, आफूहरुलाई नागिनले डँसेको महसुस भएको तथा नागिन अदृश्य हुने गरेको बताउँछन् ।
गाउँमा अहिले झारफुक गर्ने धामी झाँक्रीहरु पनि जान साहस गरेका छैनन भने सिँगो गाउँ नै नागिनको डरले त्रासमय बनेको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

लेखक















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…