यादवहरुद्धारा दलित समुदायका युवकहरुमाथि साँघातिक हमला !
घाइतेहरुलाई उपचारको लागि राजविराजको युनिक अस्पतालमा भइरहेको छ ।

२०७७ साउन २३ शुक्रबार, राति ९:३२ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सप्तरी । सप्तरीमा दलित समुदायका केही युवकहरु उपर यादव समुदायका केही युवकहरुले आक्रमण गर्दा ५ जना घाईते भएका छन् ।
सप्तरीको बोदेबसाईन नगरपालिका वडा नं. १० अमरैयाँ टोलमा दलित समुदायका युवकहरुमाथि यादव समुदायका केही युवकहरुले आक्रमण गरेको हो । आक्रणमबाट ५ जना घाईते भएका छन् ।
स्थानीय सरोज राम, रामदुलार राम, रामानन्द राम, जितेन राम, सुन्दर रामलाई निर्घात कुटपिट गरी घाईते बनाएको छ ।
सोही टोलका रन्जन यादव, शिवकुमार यादव, जितेन यादव, जितन यादव, चन्दन यादव, दलुवा यादव लगायतका व्यक्तिहरुले अश्लील रुपमा जातीय शब्दको प्रयोग गरेर गालीगलौज गरेपछि विवाद सुरु भएको र त्यसपछि निर्घात कुटपिट गरेको बताइएको छ ।
संयुक्त दलित संघर्ष समितिका सप्तरी जिल्ला अध्यक्ष प्रथमलाल रामले दोषीहरुलाई अविलम्ब पक्राउ गरी सम्बन्धित निकायसँग कारबाहि माग गरेका छन् ।
घाइतेहरुलाई उपचारको लागि राजविराजको युनिक अस्पतालमा भइरहेको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…