जनकपुर बम विस्फोटका आरोपी प्रहरीको गिरफतमा
जनकपुरधाम, २० मंसिर । राजपाका नेता तथा धनुषा क्षेत्र न ३ प्रतिनिधि सभाका उम्मेदवार राजेन्द्र महतो निवास नजिकै गत मंसिर ९ गते रंगभूमि मैदान बाह्र बिघा छेउमा प्रेसरकुकर बम विस्फोट गराएको घटनामा संलग्न एक जनालाई धनुषा जिल्ला प्रहरी कार्यालय धनुषाका क्राइम ब्रान्चका टोलीले पक्राउ गर्न सफल भएका छन् । घटन

२०७४ मंसिर २० बुधबार, राति ९:३२ बजे१ मिनेट पढाइ

जनकपुरधाम, २० मंसिर ।
राजपाका नेता तथा धनुषा क्षेत्र न ३ प्रतिनिधि सभाका उम्मेदवार राजेन्द्र महतो निवास नजिकै गत मंसिर ९ गते रंगभूमि मैदान बाह्र बिघा छेउमा प्रेसरकुकर बम विस्फोट गराएको घटनामा संलग्न एक जनालाई धनुषा जिल्ला प्रहरी कार्यालय धनुषाका क्राइम ब्रान्चका टोलीले पक्राउ गर्न सफल भएका छन् ।
घटनामा संलग्न नेकपा माओवादी विप्लव समूहका सक्रिय सदस्य जिल्ला धनुषा धनुषाधाम नपा वडा न ५ बस्ने ३४ वर्षको रहमत राइन उर्फ "टुना" लाई प्रहरीले पक्राउ गर्न सफल भएका हुन् ।
पक्राउ परेका राईनलाई धनुषा जिल्ला अदालतबाट बम बिस्फोट गराएको मुद्दामा म्याद थप गरि अनुसन्धान कार्य भइरहेको धनुषा प्रहरीले जनाएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…