मोसाको ठक्करबाट महिला गम्भिर, काठमान्डौँ रिफर
जनकपुरधाम, १८ माघ । मोटरसाईकलले ठक्कर दिँदा एक महिला गम्भिर घाईते भएकी छन् । धनुषाको हँसपुर कठपुल्ला नजिक टेम्पोमा सवार एक अधवैसे महिलालाई मोटरसाईलले ठक्कर दिँदा सख्त घाईते भएको जनाइएको छ । घाईते हुनेमा धनुषा शहिदनगर नगरपालिका वडा नं. ४ बस्ने मोहन ठाकुरको श्रीमति अन्दाजी बर्ष ५५ की धर्मशिला देवी ठाक

२०७४ माघ १८ बिहीबार, राति ८:२३ बजे१ मिनेट पढाइ

जनकपुरधाम, १८ माघ ।
मोटरसाईकलले ठक्कर दिँदा एक महिला गम्भिर घाईते भएकी छन् ।
धनुषाको हँसपुर कठपुल्ला नजिक टेम्पोमा सवार एक अधवैसे महिलालाई मोटरसाईलले ठक्कर दिँदा सख्त घाईते भएको जनाइएको छ ।
घाईते हुनेमा धनुषा शहिदनगर नगरपालिका वडा नं. ४ बस्ने मोहन ठाकुरको श्रीमति अन्दाजी बर्ष ५५ की धर्मशिला देवी ठाकुर रहेको जनाइएको छ ।
तीव्र गतिमा आईरहेको मोटरसाईलले ठाकुरलाई टेम्पोबाट ओर्लने क्रममा ठक्कर दिँदा खुटटामा गम्भिर चोट लागेको तथा हाड भाँचिएको बुझिएको छ ।
ठाकुरलाई उपचारको लागि जनकपुर अञ्चल अस्पतालमा ल्याइएपनि यहाँबाट चिकित्सकले जवाफ दिएपछि थप उपचारको लागि काठमान्डौँ रिफर गरिएको हो ।
यता, मोटरसाईकल चालक फरार रहेका छन् भने मोटरसाईकल चालकको खोजी प्रहरीले तीव्र पारेको जनाइएको छ ।
मोटरसाईकलको नम्बर भने उपलब्ध हुन सकेनन ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…