बलिवुडका डायरेक्टर रोहित शेट्टीले सिनेकर्मीहरुको खातामा रकम दिने
निर्देशक रोहित शेट्टीको यो कार्यलाई अनुकरणीय कार्य मानिएको छ ।

२०७७ साउन २२ बिहीबार, दिउँसो १२:३६ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, मुम्बई । बलिवुडको चर्चित निर्देशक रोहित शेट्टीले बलिवुडमा काम गर्ने सिनेकर्मी तथा श्रमिकहरुको खातामा रुपैयाँ दिने घोषणा गरेको छ ।
कोरोना भाइरसको कारण प्रभावित भएको बलिवुडका श्रमिकहरुको खातामा सीधा रकम हाल्ने निर्णय गरेको हो । खतरो के खिलाडी कार्यक्रम समेत सँचालन गर्ने निर्देशक शेट्टीले त्यसको एक हिस्सा कलाकार, ब्याकग्राउण्ड डान्सर, स्टन्टमैन, लाईटमैन र श्रमिकहरुको मदतको लागि यो कदम उठाएको हो ।
रकम सीधा उनीहरुको बैंक अकाउण्टमा जम्मा गरिने बताइएको छ । गत आईतबारदेखि नै खतरोका खिलाडीको विशेष सँस्करण खतरोका खिलाडी मेड इन ईण्डिया नामले शुटिँग सुरु गरेको छ ।
सोही क्रममा लकडाउनका कारण काम गर्न नपाएका त्यस्ता श्रमिकहरुको लागि सहयोग स्वरुप उनीहरुको खातामा रकम दिने घोषणा गरेका हुन् । यद्यपी, उनीहरुलाई के कति रुपैयाँ जम्मा गर्ने बारे खुलाएको छैनन् ।
निर्देशक रोहित शेट्टीको यो कार्यलाई अनुकरणीय कार्य मानिएको छ । यसअघि बलिवुड अभिनेता सोनु सुदले लकडाउनको क्रममा देखाएको मानवता इतिहास बनाएको छ । उनले गरिब, मजदुरहरुलाई बस, प्लेन मार्फत उनीहरुको घर पुगाएका थिए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…