समयको आवश्यकता
खोक्रा आश्वासन र झुटा सपनाको आडमा गणतन्त्रको मनोभावनालाई कुल्चिएर शहिदहरुको मर्मलाई लत्याएर मै खाउँ मै लाउ भन्ने चरित्र
२०७७ साउन २२ बिहीबार, बिहान ११:२२ बजे४ मिनेट पढाइ

समयको विगत र अवगत मा नै मानवीय संस्कृति र सभ्यता बिस्तारित छ । आजको समय ,सामयिक गति र विश्वत्रस्त महामारीलाई नै बिधान ठान्नुपर्ने स्थिति छ ।
अविश्वसनीय महामारीको दुखद त्रासदीलाई समयको भुत , वर्तमान र भविष्य जस्ता भेदमा अंगाल्न परिरहेको छ । ऐतिहासिक शाक्य गणतन्त्रको एउटा महात्मा बुद्ध अपर्याप्त नभएको नेपाली समाजमा छरिएका थुप्रै प्रबुद्धको खोज गरि तिनलाई बुद्धको बौद्धिकता सुम्पिन आवश्यक देखिएको छ ।
आरोह र अवरोहमा देश र विदेशको रक्ताम्मे परिदृश्य तेर्ष्याई समयको दानवीय र मानवीय नियमित द्वन्दमा सदा सर्वदा झैँ पूर्ववर्ती बिजयी बन्ने कल्पना गरिरहेका छन् । यी निर्दोष जनतालाई धकेलेका राजनीतिज्ञहरु समयको हिंशक रुपलाई समय समयमा सत्ता लोलुप्ताको निम्ति बैठक गरि गरि शान्तिपूर्ण समाजको चाहनाको ढोंग गरिरहेको भान हुन्छ जस्तो कि यिनीहरु अहिलेको त्रासदीपूर्ण समय संग अनभिज्ञ छन् ।
सदभाव, आत्मियता ,भय , घृणा र रक्तरन्जित आदि थुप्रै प्रश्नको प्रत्युत्तर नभेट्टाएकाले प्रश्नार्थिलाई शोधार्थिको रुपमा निकास खोज्न आग्रह गर्दछन यी ढोंगी राजनितिज्ञहरु । कयौ बर्षको श्रमपूर्ण मानवीय उपलब्धिहरुलाई पूर्णत धुलोपिठो हुनबाट जोगाउन समष्टिपुरक भलाइको लागि सबैजना एक अन्यको संरक्षक बन्नुपर्छ भन्ने हास्यास्पद भाषण गरिरहेका छन् यी ढोंगी राजनीतिज्ञहरु ।
फलतः मानिसको जीवन र समाजमा दृष्टिगत यस सम्बन्धित प्रश्नको रिक्तता र मौनता यथावत नै छ । लाखौलाख सपनाको हत्या र अनगिन्ती मृत्युको अनुभूति पचाएका यस राजनितिज्ञहरुले समयको दृष्टिकोणलाइ बुझ्नु पर्दछ अर्थात यस्तो त्रासदिपुर्ण समयमा पनि पुनः त्यहि सत्ता लोलुपताको खेलमा लागि जनतालाई धकेल्नु उचित हुने छैन ।
नेपालीको आँखाबाट आँसु बग्न नदिई देशलाई जोगी र भोगी हुनबाट बचाउनु पर्दछ । मुलुकमा जस्तोसुकै संकट परेपनि नेपालीलाई दुस्खको आँगनबाट रक्षा गर्न बिश्वास लिने प्रतिभाहरुको जन्म हुनुपर्ने हाम्रो कोलासो छ । मान्छेको प्रणय , श्रद्धा र एकान्तिकताको प्रेमगीत र शोकगित आदिलाई केहि सम्बेदनहीन राजनीतिज्ञहरुले गहना भन्दा गोलि बन्न प्रेरित गरिरहेका छन् ।
बिगतका बर्षहरुमा पनि यहि जनमानसले बिश्वास गरि आफ्नो उपलब्धि ठानी यिनीहरुको झोलीमा बिश्वस्त भई अमुल्य मत दिएका के यिनीहरुले बिर्सिसके र रु आफ्नो काम, कर्तब्य र जिम्मेवारी नबुझ्ने औषधि भन्दा बिषको बढी खपत गराउनमा लाग्ने ,राष्ट्रलाई मृत्युको कोठा बनाउने दुष्टहरु अहिले आफुलाई स्वतन्त्र र साधु भएको मानवतावादी चिन्तन गर्ने गर्छन ।
शहिदको मर्म र जनताका भावना बुझ्ने कोहि पनि भएनन् बरु खोक्रा आश्वासन र झुटा सपनाको आडमा गणतन्त्रको मनोभावनालाई कुल्चिएर शहिदहरुको मर्मलाई लत्याएर मै खाउँ मै लाउ भन्ने चरित्र बोकेकाहरु दिनदिनै वृद्धि भैरहेका छन् यहाँ । राजनीतिक दलहरु आन्तरिक स्वार्थमा नै ब्यस्त रहे र यस महामारीको त्रासदीपूर्ण वातावरणमा पनि कमिसनकै ओझेलमा परे र भ्रष्टाचारमै समाहित भए ।
देशमा गणतन्त्र को नाममा स्वेच्छाचारितन्त्र ढंगबाट सुशासनको प्रत्याभूति जनतालाई दिलाउन राज्यमा बृहतरुपमा क्रियाशील हुन आवश्यक छ यहाँ । भ्रष्टाचारबारे कौटिल्यले उहिल्यै भनेका थिए , बरु चरा उडेको आकाशको बाटो सजिलै अनुमान लगाउन सकिएला तर भ्रष्टहरुको अबैध कर्म र तिनले अनुचित तवरमा आर्जन गरेको सम्पति पत्ता लगाउन निकै कठिन हुन्छ ।
कुनैपनि मुलुक निर्माण नहुनुमा मुख्य अवरोध नै राजनीतिक अस्थिरता र भ्रष्टाचार हो । आदर्श एउटा तर व्यवहार ठीक त्यसको उल्टो भयो भने भ्रष्टाचार ,नातावाद , कृपावाद जस्ता अनेकौ विकृति जन्मन्छ । नेपाली जनताले आफ्नो योगदान दिई ल्याएका तन्त्र पैसा र पहुँच ले कानुन किन्न सकिने सामन्ती व्यबस्था भन्दा के फरक रहेको छ त ? कुनै संगठनको आवद्धताका आधारमा निश्चित वर्गका मानिसहरुलाई कुनै कानुन नै लाग्दैन ,के यहि थियो त नेपाली जनताको परिकल्पना ? लगन पछि को पोते जस्तै समयमा न्याय दिन नसक्ने कानुन के काम त ? जनताले जनतालाई जनताका प्रतिनिधिद्वारा गरिने शासन नै मुलतः लोकतन्त्र हो ।
लोक भनेको समाज र समाजले निर्माण गरेको विधि वा पद्धतिभित्र रही शासन चलाउने राजनीतिक प्रणाली नै लोकतन्त्र हो । तर यहाँ लोकतन्त्र नभई धन्तंत्र, कुशासन तन्त्र र छाडातन्त्र भएको छ । भनिन्छ जहाँ कमजोर र मुर्ख शासक हुन्छ त्यहाँ देश लुटेराहरुको साम्राज्य हुन्छ ।
जनताबाट निर्वाचित व्यक्तिले पद्धति अनुसार मुलुक सन्चालन गर्ने हो, तर हाम्रो परिकल्पना चाहि सत्तामा आउनासाथ सुपरम्यान ठान्ने हो ्र जबकि लोकतन्त्र र सुपरम्यान संग संगै अघि बढ्न सक्दैन । यहाँ जनताको नाममा राजनीति हुन्छ ,तर जनता के हो कसलाई जनता भन्ने नै अन्योल छ ।
देहव्यापारमा देहको व्यापार हुन्छ तर राजनीतिमा चेतनाको व्यापार हुन्छ । अहिलेको राजनीति कल, बल, छल हो । जसरि साहित्य सत्यको अनुसन्धान हो त्यसरीनै राजनीति झुठको खेति भएको छ, जसरि साहित्यमा चेतना अगुवा हुन्छ त्यसरी नै राजनीतिमा स्वार्थ ।
तसर्थ, महामारीको समयलाई मध्यनजर गर्दै विश्वका अन्य मुलुकहरुले सिकाएको पाठलाई अहिलेको असमन्जस ,असहज र आक्रान्त महामारीको समयमा आ आफ्नो स्थानबाट इमान्दारी र मेहनतपूर्वक सामाजिक न्यायमा आधारित समतामुलक समाजको निर्माणमा आफ्नो श्रम , सिप , साधन ,स्रोत र क्षमताको प्रयोग गर्न सक्नुपर्छ जुन अपरिहार्य आवश्यकता हो ।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…