वडा अध्यक्षको निधन, शोकमा डुब्यो वडा
उनको स्वायव संकलनपछि नै अन्तिम संस्कार गरिने डाक्टर ठाकुरले जनाएका छन्।

२०७७ साउन १९ सोमबार, राति ९:४४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, रौतहट । रौतहटको एक वडाध्यक्षको निधनपछि सिँगो वडा नै शोकमा डुबेको छ । रौतहटको इशनाथ नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष ५५ वर्षीया देवेन्द्र ठाकुरको आज (सोमबार) बिहान निधन भएको छ ।
ज्वरो, रुघा र खोकीले ग्रसित भएर विरामी परेका वडाध्यक्ष ठाकुरलाई श्वास फेर्न समस्या आएपछि आइतबार मध्यरातमा उपचारको लागि गौरस्थित निजी अस्पतालमा ल्याउदै गर्दा उनको बाटोमै ज्यान गएको हो।
स्वास्थमा समस्या आएपछि ३ दिन अघि आरडिटि गर्दा ठाकुरको रिपोर्ट निगेटिभ आएको पूर्व मेडिकल सुपरिटेन्डेन्ट तथा रौतहट नसिँग होमका सञ्चालक एव उहाँकै जेठा दाजु डाक्टर राम शंकर ठाकुरले बताए।
ठाकुरको शब अहिले गौर स्थिति निजि निवासमा राखिएको छ। वडाध्यक्ष ठाकुर सुगर र प्रेसर पीडित रहेको समेत उनले जानकारी दिए । कन्ट्रयाक ट्रेसिङको आधारमा उनका परिवारहरुको पिसिआर गर्ने तयारी गरिदै छ ।
मृतक वडाध्यक्ष ठाकुरमा कोरोना संक्रमणको आशंका गरिएको छ। पिसिआर जाचको लागि जिल्ला जन स्वास्थ्य कार्यालयमा जानकारी गराइसकेको र उनको स्वायव संकलनपछि नै अन्तिम संस्कार गरिने डाक्टर ठाकुरले जनाएका छन्।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…